६ वैशाख २०८१ बिहीबार
अर्थ

‘संघियता लागू भएपछि व्यवसायीमाथी करको भारी थुपारियो’

नेपालगन्ज –  संघियता लागू भएपछि ब्यवसायीमाथी करको भारी थुपारिएको गुनासो गरिएको छ । नेपालगन्जमा शनिबार आयोजित आठौं राष्ट्रिय कर सप्ताह–२०७६ समापन कार्यक्रममा बोल्ने उद्योगी, ब्यवसायीले यस्तो गुनासो गरेका हुन् । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले देशमा संघियता लागु भएपछि करको भार थपिदै गएको बताए ।

‘हामीले स्थानीय सरकारलाई तिरेका छौं, आन्तरिक राजश्वमा पनि तिरेकै छौं,’ उनले भने ‘एक द्धार प्रणालीबाट हामी कर तिर्न तयार छौं ।’ नेपाल सरकारका अर्थमन्त्री करमैत्री नभएर बैंक मैत्री बनेको आरोप लगाए । ब्यवसायीलाई धरासायी बनाएर बैंकहरु नाफामा गईरहेको उनको गुनासो छ । आन्तरिक राजश्व कार्यालयमा करमैत्री प्रशासन हुन जरुरी रहेको बताए ।

कर सप्ताह मनाउने प्रचलन एकदमै राम्रो भएको बताउँदै यसले ब्यवसायीलाई अपनत्व गराउने काम गर्ने अध्यक्ष अधिकारीको भनाई छ । चेम्बर अफ कर्मस बाँकेका अध्यक्ष सतिशकुमार अग्रवालले करमैत्री प्रशासन हुन आवश्यक रहेको बताए । करमैत्री प्रशासन नहुँदा ब्यवसायीलाई समस्या हुने उनको भनाई छ ।

कार्यक्रमका प्रमुख अथिी एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले कर तिर्न सहज वातावरण हुनुपर्ने सुझाव दिए । ‘कर तिर्न आउने मान्छे दुई दिनसम्म बास बस्नुपर्ने अवस्था आउनु हुदैन,’ उनले भने । कर सप्ताहले भोलीका दिनमा करमैत्री वातावरण सिर्जना गर्न गर्नुपर्ने प्रजिअ खड्काले बताए । आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत प्रकाश पौडेलले करदाता शिक्षा कार्यक्रम धेरै ठाउँमा सञ्चालन गर्दै आएको बताए ।

करदाता मैत्री प्रशासन हुनका लागि करदाता स्वयं कार्यालयमा उपस्थित हुनु पर्ने उनको भनाई छ । राष्ट्रिय कर सप्ताह समापनमा बाँके र बर्दियाका २ जना उत्कृष्ठ करदातालाई सम्मान गरियो । युनिक नेपाल बर्दियाका अध्यक्ष प्रेमबहादुर थारु र मंगल हार्डवयर बाँकेका मंगल अग्रवाललाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको कार्यालयका कर अधिकृत हुर्मत मिजारले जानकारी दिए ।

कार्यक्रममा भन्सार प्रमुख शान्तिराम निरौला, जिल्ला प्रहरी प्रमुख(एसपी) बीरबहादुर ओली, सशस्त्र प्रहरीका एसपी दीपक अधिकारी, अडिटर्स एशोसियशनका केन्द्रिय अध्यक्ष करिम खान, बाँके अध्यक्ष भुवनप्रसाद गैरे लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित: ७ मंसिर २०७६ १२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App