८ वैशाख २०८१ शनिबार
समाज

नेपाल भ्रमण वर्ष २०२० मा तिलौराकोटलाई उपेक्षा गरियाे

कपिलवसतु  – नेपाल भ्रमण वर्षको प्रचारप्रसारमा सरकार जुटिरहेको बेला प्राचिन कपिलस्तुको तिलौराकोटालाई भने उपेक्षा गरिएको छ । तिलौराकोट गौतम बुद्धका पिता राजा सुद्धोदनको राज्रसाद हो । यही स्थलमा बुद्धकाले २९ वर्ष ब्यतित गरेका थिए । सरकारले नै यो स्थललाई विश्व सम्पदा सूचीमा दर्ता गराउन प्रस्ताव गरेको छ ।

जसका लागि पुरातत्व विभाग, बेलालयको दुर्गम विश्व बिद्यालयको संयुक्त टोलीले बिगत सात बर्ष देखि उत्खनन र अनुसंधान जारी राखेका छन।  सरकारले भ्रमण बर्षको प्रचारप्रसार गर्दै आएको पम्पसेट, ब्रोसरमा तिलौराकोटको कुनै फोटो देखिदैन् । नेपाल भ्रमण २०२० को आधिकारीक फेसबुक पेजमा मूलुकका लगभग ५ सय स्थलको फोटो देखिन्छ तर कपिलवस्तुको तिलौराकोट कतै देखिन्न ।

यो फेसबुक पर्यटन मन्त्रालयको आधिकारिक फेसबुकको नामबाट छ । वष्रौदेखि ओझेलमा पर्दै आएको तिलौराकोटलाई  नेपाल भ्रमण वर्ष २०२० बाट पनि उपेक्षित गरिएको प्रति जिल्लाबासी  चिन्तित बनेका छन ।

एकातिर भारतको पिपराहवमा नक्कली कपिलस्तु खडा गरेर आक्रमक ढंगले प्रचारप्रसार जारी राखेको छ । अर्का तर्फ नेपाल सरकारले नै तिलौराकोटलाई कुनै स्थान नदिनु दुःखको कुरा भएको जिल्लाबासी बताउँछन् । पुर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य बृजेश कुमार गुप्ताले तिलौराकोट शासकहरुबाटै पछाडि पारिदै आएको आरोप लागाए ।

उनले पटक पटक राज्यबाट पछाडि पर्दै आएको तिलौराकोटलाई नेपाल भ्रमण बर्ष २०२० मा पनि पछाडि पार्ने खेल भएको बताए । नेपाल भ्रमण वर्षको प्रचार प्रसार भैरहदा मैले तिलौराकोटको फोटो कतै देखेको छैन पटक पटक फोटो राख्नु भनेर मन्त्रालयमा पुगेर भनेको छु, गुप्ताले भने ‘ म बोलेको कसैले सुनेन ’ । तिलौराकोटको विकासका लागि आफुले सदनमा पटक पटक कुरा उठाए पनि बेवास्ता गरिएको उनले गुनासो गरे ।

दिवंगत पूर्व पर्यटनमन्त्री रविन्द्र अधिकारी र मन्त्रालयका सचिवसम्मलाई यो कुराको ध्यानाकषर्ण गराएको उनले बताए ।  यद्यपि हालका पर्यटनमन्त्री भट्टराईलाई यो कुरा भन्न नभ्याएको र अब तत्कालै जानकारी गराउने उनले बताए । कपिलवसतु नगरपालिकाका मेयर किरण सिंहले तीन वटा मानसबुद्धको क्रिडास्थलकारुपमा रहेको प्राचिन कफिलस्तुको तिलौराकोटलाई गुममान गराउनु खेदजनक कुरा भएको बताए।

‘तिलौराकोट बिना लुम्बिनी अधुरो हुन्छ तर सरकारले लुम्बिनीको विकासमा मात्र केृन्द्रित छ ’ उनले भने । उनले प्रचार सामाग्र्रीमा तिलौराकोटलाई समेत थप्नु पर्ने उनले बताए । तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारलाई तीब्रता दिए पनि तिलौरकोटमा कुनै छनक नदेखिएको बताए । उनले प्रचारप्रसारको सामाग्रीमा तिलौराकोटलाई नराखेर सौतेला ब्यवहार गरिएको आरोप लगाए  । प्राचिन कपिलवसतुमा तिलौराकोटसहित ढेड सय बढी ऐतिहासिक र पर्यटकीय स्थल छन । खुला संग्राहालयकारुपमा रहेको प्राचिन कपिलवस्तुलाई राज्यले सर्धै हेला गरेको होटल व्यवसायी दिनेश रायमाझीले बताए ।

 

 

प्रकाशित: ७ मंसिर २०७६ १०:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App