coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

शक्तिशाली भूकम्पपछि १० हजारभन्दा बढी घरवारविहीन

पिडाई जया (इन्डोनेसिया)-पश्चिमी इन्डोनेसियाको आचे प्रान्तमा गत बुधबार गएको शक्तिशाली भूकम्पको कारण १० हजार ३०१ व्यक्ति आफ्ना घरवार छोडी भागेका त्यहाँको प्रकोप नियन्त्रण विभागले शुक्रबार जानकारी दिएको छ ।

सो भूकम्पमा परी १०२ व्यक्तिको मृत्यु भएको छ भने सात सयभन्दा बढी घाइते भएका प्रकोप नियन्त्रण निकायले जानकारी दिएको छ ।

कम मात्र गहिराईमा केन्द्रविन्दु भएर आएको यस ६.५ रिक्टर स्केल मापन गरिएको शक्तिशाली भूकम्पको कारण आचे प्रान्तको पिडाई जया जिल्लामा मात्र करिब ११ हजार घर र भवनहरु क्षतिग्रस्त भएको बताइएको छ ।

यस शक्तिशाली भूकम्पमा परी १४६ वटा मस्जिद,पाँच पुल, एक विद्यालय भवन र १४ हजार सडक ध्वस्त भएको बताइएको छ ।

भूकम्प प्रभावित दजनौंको सङ्ख्यामा त्रिपालहरु बाँडिएको र यस ६.५ रिक्टर स्केलको मापन गरिएको भूक्म्पबाट भीषण क्षति भएको इन्डोनेसियाली अधिकारीहरूले जानकारी दिएका थिए ।

यस शक्तिशाली भूकम्पको कारण सयौँ घरलगायत आधारभूत संरचना ध्वस्त भएका हुनाले मृतकको सङ्यासमेत बढ्ने अनुमान गरिएको छ । यस शक्तिशाली भूकम्पपश्चात् २० पटक पराकम्पहरु आएको बताइएको छ ।

इन्डोनेसियाको आचे प्रान्त सन् २००४ मा आएको सुृनामीबाट पनि अति प्रभावित भएको थियो । त्यसबेला भूकम्पपछि आएको सुनामीमा परी इन्डोनेसिया भरी एक लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यसमा पनि आचे प्रान्तका व्यक्तिहरुको हताहती सङ्ख्या बढी रहेको थियो । रासस-सिन्ह्वा

प्रकाशित: २४ मंसिर २०७३ ०९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App