७ वैशाख २०८१ शुक्रबार
समाज

श्रीमानको रुपैयाँ लिएर महिला बेपत्ता

भोजपुर- भोजपुरमा एक महिला रकम लिएर सम्पर्कविहीन भएकी छन्। षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएकी २७ वर्षीया आशा राई सार्कीले श्रीमानको दुई लाख रुपैयाँ लिएर बेपत्ता भएकी हुन्।

भोजपुर सदरमुकामस्थित एक जुत्ता पसलमा काम गर्दै आएका उनका श्रीमान एकबहादुर सार्कीकी श्रीमती आशाले घरमा राखेको दुई लाख रुपैयाँ लिएर गत कात्तिक १८ गते सम्पर्कविहीन भएको एकबहादुरले बताए।

नगदसहित घरमा भएको अन्य लत्ताकपडा पनि लिएर श्रीमती बेपत्ता भएको श्रीमान एकबहादुरले जानकारी दिए।

एकबहादुरले खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको र जो कसैले भेटेमा खबर गरिदिन समेत आग्रह गरिएको प्रहरीले जनाएको छ। श्रीमान एकबहादुर र आशाकी सात वर्षीया एक छोरी र पाँच वर्षीय एक छोरा छन्।

प्रकाशित: ७ मंसिर २०७६ ०६:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App