coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मोटरसाइकल व्यवस्थापन गर्नै कठिन

फाइल फोटो

बनेपा– जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलगायत विभिन्न इलाका प्रहरी र चौकीमा थन्किएका मोटरसाइकल व्यवस्थापन गर्नै कठिन भएको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले जाँच गर्दा नवीकरण फेल भएका, वेवारिसे अवस्थामा फेला परेको र सवारी दुर्घटनाको क्रममा कानूनी कारवाहीका लागि कार्यालयमा ल्याउने क्रममा त्यस्ता मोटरसाइकल थुप्रिएको जनाकारी दिए।

उनले त्यस्ता मोटरसाइकलको आधिकारिकता खोजिने बताए। तर, त्यो प्राप्त नभएसम्म प्रहरी कार्यालयमा नै राखिने गरेको कारण मोटरसाइकल थुप्रिएको हो।

मोटरसाइकल जिल्ला प्रहरी कार्यालय परिसरमा ५१ वटा रहेको छ। अन्य इलाका प्रहरी र चौकीमा २०/२५ मोटरसाइकल छ। थन्क्याइएको मोटरसाइकल व्यवस्थित गर्न झन्झटिलो भएकोले त्यतिकै राखिएको छ। त्यस्ता मोटरसाइकल बुझाउने भन्सारमा भएपनि प्रक्रिया झन्झटिलो भएकाले थुपारेर राखिएको प्रहरीले जनाएको छ। 

‘मुद्दा चलेकाको हकमा अदालतको आदेशपछि सम्बन्धित धनीले पाउने हो, केही सवारीसाधनको अन्तिम टुङ्गो लाग्न बाँकी रहेकाले थन्किएका छन्’, उनले भने,‘चोरीका मोटरसाइकल धनी नआएकाले थन्किरहेका छन्।’

जिल्ला प्रहरी कार्यालय धुलिखेलमा अभिलेखमा नदेखिएको २०, बेवारिसे १८, सवारी दुर्घटनको नौ, पाँच वर्ष अवधि नवीकरण फेल भएका तीन र शङ्कास्पद एक गरी ५१ मोटरसाइकल थुपारेर राखिएको छ। रासस

प्रकाशित: ७ मंसिर २०७६ ०५:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App