मुआब्जा विवादले गल्छी–रसुवागढीसडक विस्तार प्रभावित

शुक्रबार, ०६ मङि्सर २०७६, १८ : ०९ नागरिक

बेत्रावती– जग्गाको मुआब्जा विवादका कारण गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक विस्तारको काम प्रभावित भएको छ।

सडक विस्तारबाट अतिक्रमणमा पर्ने जग्गाको मुआब्जा विवादबारे सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि सडक विस्तारको प्रभावित बनेको हो। 

‘गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजना’ मार्फत भइरहेको सडक निर्माणको काम अदालतको आदेशपछि गेर्खुक्षेत्रमा गत कात्तिक २५ गतेदेखि रोकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले कात्तिक १९ गते ‘आयोजनाबाट प्रभावित बासिन्दालाई मुआब्जा सम्बन्धमा दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्कालका लागि निर्माण कार्य यथास्थितिमा राख्नु’ भनेर दिएको आदेशले सडक निर्माणको काम रोकिएको आयोजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए।

सडक विस्तार गर्दा अधिग्रहण गर्न लागिएको जग्गाको जग्गाधनी मुआब्जा माग गर्दै अदालत गएपछि दुवै पक्षलाई छलफलमा बोलाएर त्यसपूर्व काम यथास्थितिमा राख्न अदालतले आदेश दिएपछि सडकको निर्माण रोक्नु परेको उनको भनाइ छ। 

साविक गेर्खु गाविस–४, ५, ६ र ९ का एक सय ४४ जग्गाधनी सडक विस्तारका क्रममा सडकको केन्द्रविन्दुबाट दायाँबायाँ १५/१५ मिटरकै मुआब्जा माग गर्दै अदालत पुगेका हुन्। ढुङ्गेदेखि बेत्रावतीसम्मको छ किलोमिटर दूरीको केन्द्रबिन्दुबाट दायाँबायाँ १०/१० मिटरको नदिई पाँच/पाँच मिटरको मात्र मुआब्जा दिने आयोजनाले जनाएको छ।

केन्द्रबिन्दुबाट १०/१० मिटर सडक यसअघि त्रिशूली–धुञ्चे सहायक मार्ग विस्तार गर्ने क्रममा सरकारको नाममा आइसकेको आयोजना पक्षको दाबी छ। जग्गाधनीले यसअघि मुआब्जा नदिई सडक विस्तार गरेका कारण अहिले १५/१५ मिटर जग्गाको मुआब्जा पाउनुपर्ने माग गरेका हुन्।   

राष्ट्रिय प्रथामिकता प्राप्त आयोजनाको रूपमा चीनसँग नेपाल हुँदै भारतसम्म जोड्ने त्रिदेशीय मार्गको रुपमा विस्तार भइरहेको गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकको काम हाल ५५ प्रतिशत पूरा भएको छ।

दोस्रोपटक थप भएको म्याद मङ्सिरमा सकिँदैछ। सडक निर्माणका क्रममा मुआब्जा, विद्युतीय पोल, घर–टहरा, वन क्षेत्रलगायत समस्याले काम गर्न गाह्रो भएको निर्माणको जिम्मा पाएको कालिका/तुदी कन्स्ट्रक्सनले जनाएको छ। रासस








यसमा तपाईको मत

अन्य समाचार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

रारामा टेलिकमको फोरजी सेवा

रारामा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...

वर्ल्डलिंकको अफर

वर्ल्डलिंकको अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...

Ncell Footer Ad