८ वैशाख २०८१ शनिबार
समाज

१२ वर्षीया बालिकालाई गर्भवती बनाउने युवा पक्राउ

खोटाङ– खोटाङमा १२ वर्षीय बालिकालाई गर्भवती बनाउने युवा पक्राउ परेका छन्। बालिकालाई गर्भवती बनाएर फरार भएका साकेला गाउँपालिकाका २४ वर्षीय युवा बिहीबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए। प्रहरीले पिडक र पिडितको नाम गोप्य राखेको छ।

बालिका गर्भवती भएपछि फरार भएका युवा विरुद्ध बुधबार उजुरी परेपछि भोलीपल्टै नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। बालिका गर्भवती भएको ४ महिना पुगेको भनिए पनि भिडियो एक्स-रे गर्दा ६ महिनाको भएको देखिएको डिएसपी गौतमले बताए। बालिकालाई स्वास्थ्य जाँचका लागि काठमाण्डौं लगिएको छ।

प्रकाशित: ६ मंसिर २०७६ १२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App