coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

उदयपुर- उदयपुरमा शुक्रबार मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने सँगै सवार रहेका एक घाइते भएका छन्। मदन भण्डारी स्मृति लोकमार्गअन्तरगत चौदण्डीगढी नगरपालिका ९ भिमास्थित सडकमा अनियन्त्रित भएर लड्दा त्यसमा सवार सुनसरीको कालाबन्जर गाउँपालिका ३ का २३ वर्षीय दिपक विकको मृत्यु भएको हो।

सुनसरीबाट बेलटार हुँदै गाईघाटतर्फ आउँदै गरेको को ४ प ३८३६ नं.को मोटरसाइकल मध्यान्ह १२ बजे अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर दुर्घटनामा पर्दा दिपकसँगै उनका दाजु २५ वर्षीय रमेश विक घाइते भएका थिए। उनीहरुको उद्धार गरी स्वास्थ्य चौकी बेलटारमा उपचारको क्रममा दिपकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ।  

घाइते रमेशलाई थप उपचारका लागि अन्यत्र लगिएको छ भने मृतकको शव पोष्टमार्टमका लागि स्वास्थ्यचौकीमै राखेर आफन्तलाई बोलाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०७६ १२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App