८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ ५० हजार जनसमुदायको बीचमा गर्ने घोषणा

काठमाडौं- सरकारले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ ५० हजार जनसमुदायको बीचमा गर्ने घोषणा गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आगामी जनवरी १ का दिन काठमाडौंमा ५० हजार जनसमुदाय बीच सो भ्रमण वर्षको शुभारम्भ गर्ने घोषणा गरेका हुन्।

उक्त भ्रमण वर्षलाई भव्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न सात वटै प्रदेशमा पनि भ्रमण वर्षको शुभारम्भमा भव्य कार्यक्रमको आयोजना गर्नेगरी तयारी भईरहेको पनि मन्त्रालयले जनाएको छ। नेपाल भ्रमण वर्षको शुभारम्भमा ४० वटा मुलुकका पर्यटनमन्त्रीहरु सहभागी हुनेछन्।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दे मन्त्री भट्टराईले नेपालमा आउने पर्यटकहरुको संख्यालाई हेरेर सो भ्रमण वर्षको शुभारम्भ गर्न करिब ४० देशका पर्यटन मन्त्रीहरुलाई निमन्त्रणा गरिएको पनि स्पष्ट पारे।

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आवश्यक तयारीको काममा सरकार केन्द्रित रहेको बताए। सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्यसहित नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैलाई आह्वान गर्दै आएको छ।

प्रकाशित: ६ मंसिर २०७६ ११:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App