coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जन्ती बोकेको जीप दुर्घटना हुँदा एक गम्भीर घाइते

खोटाङ– जन्ती बोकेको जीप दुर्घटना हुँदा खोटाङमा एक गम्भीर घाइते भएका छन्। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको झापाबाट बेहुली लिएर मानेभञ्ज्याङ गाउँपालिका–५ मानेभञ्ज्याङ ओखलढुंगा फर्कदैं गरेको बा १७ च ६३३१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा मानेभञ्ज्याङका ६४ वर्षीय रामबहादुर राई गम्भीर घाइते भएका हुन्।

बाहुनीडाँडाकै बेतास्थित पञ्चावती देविस्थानमा शुक्रबार दिउँसो भएको दुर्घटनामा राईको देब्रे खुट्टा भाँचिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।

गम्भीर घाइते राईलाई उपचारका लागि हेलीकोप्टरमार्फत काठ्माण्डौं पठाइएको छ। जन्ती बोकेको जीप वडा कार्यालय–वेता–झापा सडक खण्डमा दुर्घटनामा परेको हो। चार वटा बोलेरो जीपमध्ये एउटा जीप पल्टिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्रकुमार राईले बताए।

प्रकाशित: ६ मंसिर २०७६ ११:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App