coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दश महिनामा ब्राजिलले थप्यो ८ लाख ४१ हजार रोजगारी

ब्राजिल– ब्राजिलले यसै वर्षको जनवरीदेखि अक्टोबरसम्म ८ लाख ४१ हजार रोजगारी सिर्जना गरेको जनाएको छ। 

सो अवधिमा ब्राजिलले ८ लाख ४१ हजार भन्दा बढी रोजगारी सिर्जना गरेको र यो तथ्याङ्क गत वर्षको यसै अवधिको तुलनामा ६.४ प्रतिशतले बृद्धि भएको यहाँको अर्थ मन्त्रालयले बिहीबार जानकारी दिएको छ। 

मन्त्रालयको श्रम सचिवालयका अनुसार ब्राजिलको अर्थतन्त्रले अक्टोबरमा मात्र ७० हजार ८५२ रोजगारी सिर्जना गरेको छ। सन् २०१६ पछिको यो सबैभन्दा राम्रो सङ्ख्या भएको बताइएको छ।

श्रम सचिवालयद्वारा विश्लेषण गरिएका विभिन्न आठ क्षेत्रहरूमा सन् २०१९ को पहिलो १० महिनामा रोजगारीका अवसरहरू सिर्जना गर्ने क्षेत्रहरु भने सेवा, निर्माण र पूर्वाधार निर्माणलगायतका छन्।

रोजगारीको बढ्दो संख्याका कारण यहाँको बेरोजगारी दरमा पनि केही कमी आएको पाइएको छ। यो तथ्यांक हेर्दा पछिल्लो तीन महिनामा बेरोजगारी दरमा कमी आएको देखिएको छ। सिन्ह्वा   

प्रकाशित: ६ मंसिर २०७६ १०:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App