coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्माण व्यवसायीकाे समस्या समाधान गर्छुः नेम्वाङ

कठमाडौं– नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले निर्माण व्यवसायीका समस्या समाधान गर्ने आश्वासन दिएका छन्। शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुसँगको सामूहिक भेटमा मन्त्री नेम्वाङले सार्वजनिक खरिद नियमावलीको आठौं संशोधनमाथि अध्ययन गरी व्यवसायीहरुको समस्या समाधान गर्ने बताएका हुन्। कुनैपनि नीति निर्माण गर्दा वैज्ञानीक ढंगले गरिने भएकाले व्यवसायीहरुको मागप्रति आफ्नो ध्यानाकर्षण भएको समेत उनले बताए।

निर्माण व्यवसायीहरुले नवनियुक्त मन्त्री नेम्बाङलाई ज्ञापनपत्र बुझाउँदै सार्वजनिक खरिद नियमालीको आठौं संशोधनपछि आफुहरु कुनैपनि विकास निर्माणका काम गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन्। उनीहरुले बैंक क्रेडिट राख्नु पर्ने व्यवस्थामाथि पुर्नविचार गर्नसमेत आग्रह गरेका छन्।

निर्माण व्यवसायीहरुले एकसाता देखि सार्वजनिक खरिद नियमावली २०७६ को आठौं संशोधनले व्यवसायीहरु मारमा परेको भन्दै विभिन्न मागसहित आन्दोलन गरिरहेका छन्।

प्रकाशित: ६ मंसिर २०७६ १०:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App