८ वैशाख २०८१ शनिबार
समाज

वडा अध्यक्षले अतिक्रमित पर्खाल भत्काए

सरकारी जग्गा अतिक्रमणगरी बनाएको पर्खाल भत्काउँदै वडा ७ का अध्यक्ष शुद्ध डंगोल

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नम्बर ७ ले मिचिएको सरकारी जग्गा संरक्षणको अभियान शुरु गरेको छ। नक्सामा सरकारी जग्गा उल्लेख भए पनि विभिन्न ब्यक्ति र संस्थाहरुले मिचेर नीजि रुपमा प्रयोग गरेको देखिएपछि शुक्रवारबाट वडा कार्यालयले सरकारी जग्गा नियन्त्रणमुक्त बनाउने अभियान शुरु गरेको हो।

वडा नम्बर ७ का वडाध्यक्ष शुद्द डंगोलले वडा नम्बर ७ चुच्चेपाटीमा रहेको ढुंगेधाराको अतिक्रमित सरकारी जग्गाको पर्खालको इटा निकालेर सो अभियानको शुरु गरेका थिए।

२०४० सालमा निर्माण भएको सो ढुंगेधाराको केही जग्गा एक दशकदेखी ब्यक्तिले पर्खाल लगाएर नीजिरुपमा प्रयोग गर्दै आएका थिए। सोमबार सरकारी अमिनसहित आएको टोलीले जग्गा नापजाँच गर्दा ब्यक्तिको पर्खालभित्र सरकारी जग्गा परेको खुलेपछि उनले पर्खालको केही इट्टा हटाएर आइतबारसम्म सरकारी जग्गाको खुल्ला गराउन निर्देशन दिएका थिए।

डंगोलका अनुसार वडा ७ भरी सरकारी जग्गाको खोजी र संरक्षण अभियान शुरु गरिएको हो। ‘७ वडाभित्र रहेका सरकारी जग्गा विभिन्न ब्यक्तिले अतिक्रमण गरेको देखिएपछि अतिक्रमणमुक्त गर्न अभियान शुरु गरेका हौं,’ उनले भने‘ प्रारम्भमा सरकारी जग्गामा बनेका संरचना हटाउन आग्रह गर्छौ, नमाने हटाउँछौं।’

 

प्रकाशित: ६ मंसिर २०७६ १०:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App