८ वैशाख २०८१ शनिबार
समाज

झुटो विवरणका कारण आवास निर्माणमा कठिनाईः प्राधिकरण

फाइल फोटो

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय तहले लाभग्राहीहरुको झुटो विवरण दिने गरेको गुनासो गरेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहले वास्तविक लाभग्राहीलाई आवास निर्माणका लागि सिफारिस नगरेको गुनासो गरेका हुन्।

उनले  शुक्रबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा स्थानीय तहको कारण वास्तविक लाभग्राहीहरुको पहिचान गर्न समस्या गुनासो गरे। झुटो विवरणका कारण भूकम्पले ध्वस्त बनाएका आवास पुनर्निर्माणको काममा जटिलता थपिएको पनि उनले स्पष्ट पारे।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जनप्रतिनिधिमूलक निकाय स्थानीय तहले गुनासो सुनुवाईको क्रममा लाभग्राहीहरुको झूटो विवरण प्राधिकरणलाई सिफारिस गरेकाले निजी आवास पुनर्निर्माणको काममा ढिलाई हुन गएको पनि स्पष्टिकरण दिए। 

प्राधिकरणले आगामी पुष मसान्त भित्र निजी आवास पुनर्निर्माणका लागि भरिएका बाँकि  गुनासोहरुको सम्बोधन गर्ने कार्य योजनाका साथ काम भईरहेको पनि जनाएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ५० जना प्राविधिकहरुलाई गुनासो सुनुवाईको काम सम्पन्न गर्न परिचालन गरिएको बताए। प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार १ लाख ९९ जना गुनासो भरेका लाभग्राहीहरुको गुनासो सम्बोधन भईसकेको छ।

प्राधिकरणले १४ प्रतिशत लाभग्राहीहरुको निजी आवास पुनर्निर्माणको काम सुरु गर्न बाँकि रहेको जानकारी पनि समितिलाई दिएको छ। 

प्रकाशित: ६ मंसिर २०७६ ०९:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App