coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कहिले त सवारी चालकले साह्रै दिक्क बनाउँछन्

काठमाडौं–  कोटेश्वर काठमाडौंमा अति सवारी जाम हुने स्थानमा पर्छ। आइतबार त्यहीँ सवारी व्यवस्था मिलाउँदै थिए ट्राफिक प्रहरी सहायक निरीक्षक (असई) बाबुराम नेपाल। सवारी चालकहरुलाई आफ्नै हतारो थियो। सार्वजनिक यातायातलाई उनले रोक्न र जान संकेत गर्दै थिए तर प्रहरीको आँखा छलेर यात्रुलाई बाटोबाटै बसमा चढाउँदै थिए सवारी चालक। ट्राफिक प्रहरी नेपाल फेरि दौडिएर मास्तिरै आएको देख्ने बित्तिकै सवारी चालकहरुले गाडी हुँकाइहाल्थे। यो लुकामारी दिनहुँ राजधानीका सडकमा देखिरहन्छ।

उनले सुनाइ हाले ‘कोहि चालकहरुले दिक्क बनाउँछन् भन्या।’ उनी भन्छन् ‘धेरै चालकहरु त अनुशासनका हुन्छन्, नियम पालना गर्छन्, जहाँ पाए त्यहिँ सवारी रोक्दैनन्। कोहि त मान्दै मान्दैनन्। चालहरुलाई जति कारबाही गरे पनि कहिल्यै चेतेनन्। कहिले त साह्रै दिक्क बनाउँछन्।’ यो उनको मात्रै पीडा होइन उपत्यकामा खटिएका एक हजार तीन सय ७० जना ट्राफिक प्रहरीहरुको पीडा हो।

‘त्यसो त यात्रु पनि कम छैनन्, जहाँ पाए त्यहिँबाट बाटो काट्न खोज्छन्। जेब्राक्रस हुँदाहुँदै अन्तैबाट जान्छन्। सवारी साधन चलिरहेको बेलैमा वारीपारी जान खोज्छन्’ उनले यात्रुका बारेमा भने यति सुनाए।

हुन त उनी आफ्नो पेशाप्रति सन्तुष्ट नै छन्। तर पनि कहिले त उनलाई लाग्दो रहेछ ‘सवारी साधनको व्यवस्थापन गर्दागर्दौ आफ्नै जीवन अस्तव्यस्त छ।’ कहिलेकाँही त उनले आफ्नै मनसँग पनि प्रश्न गर्दा रहेछन् ‘जागिर हापेर विदेश जाउँ कि क्या हो?’ त्यसपछि फेरि उनले सोच्दा रहेछन् ‘घरका बुबा आमासँगै उनकै साथमा रहेकी छोरी र श्रीमती।’ अनि उनी विदेशिने सपना ‘स्किप’ गर्न बाध्य हुँदा रहेछन्।

उनले सुनाइ हाले ‘कोहि चालकहरुले दिक्क बनाउँछन् भन्या।’ उनी भन्छन् ‘धेरै चालकहरु त अनुशासनका हुन्छन्, नियम पालना गर्छन्, जहाँ पाए त्यहिँ सवारी रोक्दैनन्। कोहि त मान्दै मान्दैनन्। चालहरुलाई जति कारबाही गरे पनि कहिल्यै चेतेनन्। कहिले त साह्रै दिक्क बनाउँछन्।’ यो उनको मात्रै पीडा होइन उपत्यकामा खटिएका एक हजार तीन सय ७० जना ट्राफिक प्रहरीहरुको पीडा हो।

सरकारले अहिले असईको तलब २६ हजार ५ सय ७० रुपैयाँ तोकेको छ। जसमा खानाको १ सय ७५ रुपैयाँका दरले दिन्छ। जसमा उनले बिहान बेलुकाको खाना र चिया खाजा पुर्‍याउनुपर्छ। उनको एक सन्तान र श्रीमती काठमाडौंमै बस्छन्। छोरी यतै पढ्छिन्। उनले भने ‘कोठा भाडा तिर्नु पर्‍यो, बच्चाको स्कूलमा फि तिर्न पर्‍यो, चिया खाजा खानु पर्‍यो। समस्या त छ तर जसोतसो गुजारा चलाएको छु।’

‘उफ, कस्तो धुँवा र धुलो। डिउटी सकेर घर जाँदा धुलाम्मे भएर पुगिन्छ। यस्तो ठाउँमा दिनरात बस्नुपर्दा ज्यान त ध्वस्तै भइसक्यो होला। उनले यस्तै सोच्दा रहेछन्। अनि चेकअपका लागि जाने रहेछन् महाराजगञ्जस्थित नेपाल प्रहरीको अस्पतालमा, जहाँ प्रहरी र परिवालाई निशुल्क उपचार गरिन्छ।’

ट्राफिक प्रहरीमा उनले ठ्याक्कै १० वर्ष बिताए। सहरदेखि गाउँसम्म। धुलाम्मे सडकदेखि कालोपत्रे सडकसम्म। तर उनलाई सबैभन्दा बढी दुःख भने काठमाडौं उपत्यकामा लाग्दो रहेछ। एकातिर धेरै सवारी साधन। अर्कोतिर अफिस ओहोरदोहोर गर्ने समयमा सवारीको चाप। अनि जाम छल्न हतारिएका सवारी साधनहरु। कहिलेकाँहि त दिक्क लाग्दो रहेछ उनलाई पनि। भन्छन् ‘सडक धेरै फराकिलो छैनन्, सबै हतारिन्छन् मात्रै अनि जाम बढी हाल्छ। अरुपछिको समयमा भन्दा अफिस ओहोरदोहोर गर्ने बेलामा दुर्घटना हुने सम्भावना पनि बढी नै हुन्छ’

१० वर्षे ट्राफिक प्रहरीको यात्रामा उनले भीआइपी आउँदा र अरुपछिको जाम हुँदाका सवारी चालक फरक पाए। भन्छन् ‘अरुपछि जाम हुँदा केहि भन्दैनन् तर भीआइपी आएर जाम भएको थाहा पाउँदा चालकहरु अलि बढी आक्रोशित हुँदा रहेछन्।’ केहि समयअघि विदेशबाट एक भीआइपी पाहुना आउँदा उनलाई केहि चालकहरुले प्रश्न गरेछन् ‘एक जना भीआइपी आउँदा यत्तिका जनतालाई किन सास्ति दिएको सर?’

ट्राफिक प्रहरीका प्रवक्ता तथा एसपी रविकुमार पौडेलका अनुसार प्रहरी कल्याण कोषले ५ लाख रुपैयाँको जीवन बीमा गरिएको हुन्छ ट्राफिकको लागि। ‘राज्यबाट मास्क, चस्मा, पञ्जा र युनिफर्मको व्यवस्था गरिएको छ’ प्रवक्ता पौडेलले भने ‘सिपाही–हवलदारलाई तलबको ४० प्रतिशत, असईलाई ३० प्रतिशत र सईलाई २० प्रतिशत भत्ताको व्यवस्था गरिएको छ।’ उनकाअनुसार नेपालभर ३ हजार चार सय ६० जना ट्राफिक कार्यरत छन्।

डिउटी बसिरहेको अवस्थामा सवारी साधनले हानेर २०६७ सालदेखि हालसम्म ५ जना ट्राफिक प्रहरीको ज्यान गएको रेकर्ड छ। ८३ जना घाइतेमध्ये ६ जना भने गम्भीर घाइते थिए। ९ वर्षे अवधीमा ट्राफिक प्रहरीहरु ८४ वटा दुर्घटनामा परेका छन् प्रवक्ता पौडेलले जानकारी दिए।

कात्तिक २० गते स्वीजरल्याण्डका विशेषज्ञहरुले सार्वजनिक गरेको ‘आईक्यु एअर भिजुअल’ प्रतिवेदनमा उल्लेख भए अनुसार विश्वको प्रदुषित सहरमध्ये काठमाडौं ७ औं नम्बर रहेको छ। निर्माण, इटटाभट्टाबाट निस्किएको धुवाँ, कलकारखाना, घर र सवारी साधनबाट निस्किएको धुँवाबाट काठमाडौंमा दिनानुदिन प्रदुषण बढिरहेको छ। दिनानुदिन बढिरहेको सवारी साधन, कलकारखाना र पूर्वाधार निर्माणले गर्दा काठमाडौंको वायुमण्डल निकै प्रदुषित भइरहेको छ। बढ्दै गइरहेको प्रदुषणले स्वासप्रस्वासमा समस्या छँदै छ अर्कोतिर मुटुमा समस्या र क्यान्सरको समेत जोखिम छ।

प्रकाशित: ६ मंसिर २०७६ ०७:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App