८ वैशाख २०८१ शनिबार
समाज

अतिक्रमण गरी बनाइएका टहरा हटाइँदै

महोत्तरी- जिल्लाको सदरमुकाम जलेश्वरमा सडक अतिक्रमण गरी बनाइएका टहरा धमाधम हटाउन सुरु गरिएको छ। नगरपालिकाले नगर क्षेत्रभित्र सडक अतिक्रमण गरी सयौँको सङ्ख्यामा बनाएका टहराहरु धमाधम हटाउन थालेको हो।

सडक खाली गर्न पटकपटक समय दिँदा पनि पसलेहरुले अटेरी गरेपछि नगरपालिकाले आजदेखि टहरा तोडफोड गर्दै अतिक्रमित सडकका जग्गाहरु खाली गराउन थालेको छ।

नगरपालिकाबाट खटिएका नगर प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरीले नगरभित्र सडक अतिक्रमण गरी निर्माण गरिएका टहरा हटाउने अभियान थालेको हो।

प्रकाशित: ६ मंसिर २०७६ ०७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App