८ वैशाख २०८१ शनिबार
समाज

नेपाल इन्जिनियरिङ कलेजमा समुदाय प्रहरी समिति

भक्तपुर – भक्तपुरको दुवाकोट चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा समुदाय प्रहरी साझेदारी समिति गठन गरिएको छ। बिहीबार भएको भेलाले कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको हो। समितिको सदस्य सचिवमा महानगरीय प्रहरी प्रभाग, दुवाकोटका प्रहरी सहायक निरीक्षक (असई) निमबहादुर घर्तीमगर छन्।

सदस्यमा शिक्षक शंकल्प पोखरेल एक–एक शिक्षक, अभिभावक तथा कर्मचारी र चार विद्यार्थी (दुई छात्र र दुई छात्रा) छन्। यस्तै, सदस्यमा शिक्षक शंकल्प पोखरेल, अभिभावक धिरजकुमार दास र कर्मचारी शकुन्तला प्रधान छन्। चार विद्यार्थी (दुई छात्र र दुई छात्रा)लाई पनि सदस्यमा राखिएको छ।

महानगरीय प्रहरी परिसर, भक्तपुरका एसपी सविन प्रधानले समुदाय र प्रहरी मिलेर शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समिति गठन गरिएको बताए। प्रहरीले ‘गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रम चलाइरहेको उनले जानकारी दिए।
नेपाल प्रहरीले नेपाल प्रहरी, स्थानीय तह, सुमदाय, सामाजिक संस्था, विद्यालय, मिडियासँंग यस क्रममा सहकार्य गर्दै आएको उनको भनाइ छ।

कार्यक्रममा नेपाल इन्जिनियरिङ कलेजका प्रिन्सिपल प्रा.डा. श्रेष्ठ, कलेजका एकेडेमिक कोअर्डिनेटर प्रा. मोहनध्वज केसी लगायतले बोलेका थिए। कार्यक्रममा कलेजका तीन सय विद्यार्थी, एक सय ५० शिक्षक कर्मचारी गरी झन्डै चार सय ५० जना जतिको भव्य सहभागिता रहेको थियो।

प्रकाशित: ६ मंसिर २०७६ ०३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App