८ वैशाख २०८१ शनिबार
समाज

‘टुटल’ र ‘पठाओ’ले अब यात्रु बोक्न नपाउने

काठमाडौं – केही समययता भाडा लिएर यात्रु बोक्दै आएका ‘टुटल’ र ‘पठाओ’ले अब यात्रु बोक्न नपाउने भएका छन्। यातायात व्यवस्था विभागले सूचना जारी गरी यसमा रोक लगाएको हो। निजी प्रयोजनका लागि दर्ता गरिएका सवारी साधनमा भाडा लिएर यात्रु बोक्न नपाउने विभागले जनाएको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादर हमालले निजी प्रयोजनका लागि दर्ता गरिएका सवारी साधनमा भाडा लिएर यात्रु बोक्न नपाउने कानुनी व्यवस्था भएकाले यसलाई कडाइ गरिएको बताए। उनले भने, ‘यात्रु बोक्न कालो नम्बर प्लेट राखिएको हुनुपर्छ।’

सवारी तथा यातायात व्यवथा ऐन २०४० को दफा ८(२)मा निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न नपाइने उल्लेख छ। यस्तै, ऐनको दफा १२ मा कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्काे प्रयोजनमा प्रयोजनमा प्रयोग गर्न नपाइने उल्लेख छ।
उनले कानुन उल्लघंन गरी निजी सवारी साधन सार्वजनिक यातायात सेवाको रूपमा प्रयोग तथा सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारवाही गरिने बताए।

यसअघि ‘टुटल’ र ‘पठाओ’ भाडामा यात्रु बोक्न थालेपछि ट्याक्सी व्यवसायी विरोधमा उत्रिएका थिए। गत माघमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमविपरीत यात्रु बोकेको भन्दै ‘टुटल’ र ‘पठाओ’लाई कारवाही थालेको थियो।

प्रकाशित: ६ मंसिर २०७६ ०३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App