८ वैशाख २०८१ शनिबार
अर्थ

‘बिजुलीको गुणस्तर सुध्रँदो’

काठमाडौं – विश्व बैंकको सर्भेले नेपालमा विद्युत् पहुँचको गुणस्तरमा उल्लेखनीय प्रगति भएको देखाएको छ। विश्व बैंकले सन् २०१७मा गरेको सर्भेले सय घरधुरीमध्ये ९५ माबिजुलीको पहुँचपुगेको देखाएको छ। विश्व बैंकले नेपालमाविद्युत् पहुँचको गुणस्तर सम्बन्धी सर्भेले नेपालले बिजुलीको गुणस्तरमा क्रमशः उल्लेखनीय रुपमा सुधार भएको देखाएको छ।

सर्भेका अनुसार सय घरधुरीमध्ये ७२ ले गुणस्तरीय, भरपर्दो, किफायती र निर्वाध बिजुली उपयोग गरिरहेका छन्।सयमध्ये ७० परिवारले प्रदूषणकारी र हानिकारक इन्धन पकाउन प्रयोग गरिरहेको सर्भेले देखाएको छ।

ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नेपालकाप्रत्येक व्यक्तिलाई उच्चस्तरीय ऊर्जा सेवा पु-याउन सक्रियभएर लागेको बताए। ‘सन् २०२२ सम्म सम्पूर्ण नेपालीको घरधुरीमा बिजुली पु¥याउने लक्ष्यसहित धमाधम काम गरिरहेका छौं,’ उनले भने,‘हामीले आफ्नो लक्ष्यअनुसार विद्युतीकरण गरेरै छाड्नेछौं।’

नेपालका लागि विश्व बैंक कन्ट्री म्यानेजर फरिस एचहददजर्भाेसले नेपालले पछिल्लो समय गुणस्तरीय ऊर्जा दिनेतर्फ केन्द्रित भएको बताए।‘विगतको तुलनामा नेपालले विश्वसनीय खालको विद्युत् सेवादिइरहेको छ,’ उनले भने,‘अझै पनि नेपाली जनतालाई गुणस्तरीय बिजुलीदिन आवश्यक सहयोग गर्न तयार छौं।’

 

प्रकाशित: ६ मंसिर २०७६ ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App