८ वैशाख २०८१ शनिबार
अर्थ

दोस्रो आन्तरिक पर्यटन मेला फागुनमा

काठमाडौं – दोस्रो डोमेस्टिक टुरिजम मार्ट (डिटिएम २०२०)को आगामीफागुन ९ र १० गते भृकुटीमण्डपको प्रदर्शनीहलसहितको चौरमाआयोजनाहुने आयोजकगन्तव्य नेपालइभेन्ट म्यानेजमेन्टले जनाएको छ।

नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले आयोजनागर्न लागिएको मेलामा७७ वटै जिल्लाकापर्यटकीय गन्तव्य र गतिविधिप्रदर्शन गर्ने कार्यक्रम छ। मेलामाएक सय ५० वटा भन्दा बढी व्यापारिक तथापर्यटकीय गन्तव्यपहिचानगर्ने स्टल रहने छन्।

मेलामाट्रेकिङ र हस्तकला सामग्री, विभिन्नजिल्लाकाउत्पादन, पर्यटकीय होटलका स्टल, ट्राभल, ट्रेकिङ, एअरलाइन्स, प्याकेज टुरका साथै पर्यटनबजारमा सक्रिय संघ–संस्था, स्कुल–कलेज र  प्रतिष्ठानका रहने छन्। मेलामा देशभरकाखानाका परिकारको स्टल पनि रहनेछ।
 

प्रकाशित: ६ मंसिर २०७६ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App