८ वैशाख २०८१ शनिबार
कला

‘विवाहको निम्ति ब्राडले दबाब दिए’

न्युयोर्क – अभिनेत्री एन्जेलिना जोलीले आफ्नो र अभिनेता ब्राड पिटको डिभोर्सलाई लिएर आक्रोश पोखेकी छिन्। अमेरिकी सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले विवाहको निम्ति अभिनेता पिटले दबाब दिएको बताएकी थिइन्। अभिनेत्री एन्जेलिना जोली र अभिनेता ब्राड पिट अलग भएको तीन वर्षपछि उनले भनिन्, ‘अभिनेता पिट मेरो र मेरा बच्चाहरूको जीवनलाई हडप्न चाहन्थे। पिटसँगको विवाहका कारण मैले विदेशमा बस्ने अवसर गुमाएको छु। पिटले मलाई विवाहको लागि दबाब दिएका थिए।’ हाल उनी आफ्ना बच्चाहरुसहित अफ्रिकामा बस्ने योजनामा छिन्।

‘मिस्टर एन्ड मिसेस स्मिथ’ फिल्मको सुटिङअघिदेखि उनी पिटलाई माया गरिरहेकी थिइन्। सन् २०१६ को सेप्टेम्बरमा उनीहरु अलग हुने समाचारले संसारभर चर्चा पाएको थियो। अभिनेत्री एन्जेलिना जोली र अभिनेता ब्राड पिटको सम्बन्ध अदालतमा पुगेर टुंगिएको थियो। अभिनेत्री जोलीले पति ब्राडसँग टाढिने निर्णय गरेलगत्तै उनीहरुको १२ वर्ष लामो सम्बन्धमा र दुई वर्षको विवाहको अन्त्य भएको थियो।

अभिनेत्री जोली निकट स्रोतले डिभोर्सको निर्णयको खबर एक हप्ताअघि मात्रै मिडियामार्फत् सार्वजनिक गरेका थिए। कानुनी रुपमा उनीहरु गत अप्रिलमा छुटीसकेका थिए। उनले बच्चाहरु आफूसँग रहने र पिटले बेला मौकामा भेट्न पाउने व्यवस्थासहित डिभोर्स गरेकी थिइन्। हलिउड म्यागाजिन ‘टच’ का अनुसार अभिनेत्री जोलीको दबदबापूर्ण व्यवहारका कारण पिटले डिभोर्स मागेको खबर बाहिरिएको थियो।

सन् २००४ मा अभिनेत्री जोली र पिट ‘मिस्टर एन्ड मिसेज स्मिथ’ फिल्मको सुटिङको क्रममा निकट भएका थिए। यी जोडीले सन् २०१२ मा इन्गेज्मेन्ट गरे। त्यसलगत्तै अभिनेत्री जोलीले सन् २०१३ मा ८७ प्रतिशत स्तन क्यान्सरको जोखिम निर्मुल गर्न दुवै स्तनको म्यास्टेक्टोमी शल्यक्रिया गराएकी थिइन्। सन् २०१४ मा अभिनेत्री जोली र पिटले फ्रान्समा विवाह गरेका थिए। संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगको विशेष दूतसमेत रहेकी अभिनेत्री जोलीका अनुसार पिटले आफ्नै सन्तानलाई कुटेको सम्बन्धमा खटपट आएको थियो।

डिभोर्सलगत्तै अभिनेता पिटले अभिनेत्री जोली र आफ्ना सन्तानबाट अलग रहनुपर्दाको पीडामाथि प्रतिक्रिया दिएका थिए। ‘अभिनेत्रीजोलीसँग अलग भएपछि म एक्लो भएको थिएँ। सबैतिरबाट अलग्गिएको महसुस हुन्थ्यो,’ उनले एक अन्तर्वातामा भनेका थिए, ‘तर, अहिले ठीक छु। जब मैले थेरापी लिन थालें। अनि आफूलाई निकै आराम महसुस गर्न थालेको हुँ। अहिले त म आफ्ना भावनालाई आफ्नो मातहत राख्न सक्ने भइसकें।’ यसअघि अभिनेता पिटसँगको डिभोर्सलाई लिएर उनले प्रतिक्रिया दिएकी थिइनन्।

‘गर्ल, इन्टरप्टेड’ बाट ओस्कार अवार्ड जितेकी अभिनेत्री जोलीद्वारा अभिनित ‘वान्टेड’, ‘साल्ट’, ‘अ माइटी हार्ट’, ‘द टुरिस्ट’, ‘मिस्टर एन्ड मिसेज स्मिथ’, ‘मेलफिसेन्ट’ र ‘मेलफिसेन्टः मिस्ट्रे अफ ईभिल’ जस्ता फिल्महरु हिट छन्।

केही साताअघि मार्भलको ‘द इन्टर्नल्स्’ फिल्मको सुटिङको क्रममा बिस्फोट नभएको बम भेटिएपछि उनलाई सुटिङस्थलबाट हटाइएको थियो। फिल्म सुटिङमा खटिएका टोलीहरुबीच भागदौड हुँदा केहीबेर स्थिति नाजुक भएको थियो। सुरक्षा विज्ञहरुले दोस्रो विश्व युद्धको दौरान सो टापुमा फालिएको बम हुनसक्ने आशंका गरेका छन्। ‘द इन्टर्नल्स्’ सन् २०२० को नोभेम्बर ६ मा रिलिज हुनेछ।

प्रकाशित: ६ मंसिर २०७६ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App