coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नयाँ मन्त्रीका प्रतिबद्धता

हृदयेश त्रिपाठी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
व्यक्तिगत र संरचनागत समस्याका कारण काम प्रभावित हुने गरेको छ। त्यस्ता समस्या अन्त्यका लागि प्राथमिकता दिनेछु। काम गर्दा राजनीतिक सहमतिका आधारमा गर्नेछु। म राजनीतिक सहमतिमा विश्वास गर्ने भएकाले सहमतिका साथ अघि बढ्छु।

०००
घनश्याम भुसाल, कृषि तथा पशुपन्छी विकास मन्त्री
लोभ र डरबाट प्रभावित नभई काम गर्नेछु। परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्दै व्यावसायिक कृषिको विकासमा केन्द्रित रही काम गर्नेछु। कृषि क्षेत्रको विकासका लागि अध्ययन, अनुसन्धानमा जोड दिने योजना अघि सारिनेछ।
०००

लेखराज भट्ट, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री
दीर्घकालीन योजना पूरा गर्दै एक नम्बरको मन्त्रालय बनाउनेछु। समाजवादउन्मुख कार्ययोजना बनाएर अघि बढ्नुपर्छ। पुरानो ढर्राले अघि बढ्न सकिन्न।

०००
रामेश्वर राय यादव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
वैदेशिक रोजगारीमा देखिएका बेथिति र विसंगति हटाउन पहल गर्नेछु। वैदेशिक रोजगारी बन्द भन्दा पनि यसलाई सहज सरल बनाउनेछु। भ्रष्टाचारप्रति कठोर हुनेछु। सकेसम्म स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न केन्द्रित हुनेछु।
०००

वसन्तकुमार नेम्बाङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री
नागरिकको हैसियतले काठमाडौं उपत्यका र देशभरको सडक देखेको छु। पूर्वाधार विकासमा जुन गतिमा काम भइरहेको छ, त्यो पर्याप्त छैन। सडक, रेल, पानीजहाजलगायतका पूर्वाधारका क्षेत्रमा काम गर्न प्रशासनिक, नीतिगत सुधार गर्नुपर्ने भए गरेर पनि कामलाई गति दिनेछु।

०००
पार्वत गुरुङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
थममाया थापा (निवर्तमान मन्त्री) मेरो दिदी हुनुहुन्छ। केही समस्या आयो भने उहाँसँग सल्लाह गरेर अघि बढ्छु। म टिममा विश्वास गर्छु। विश्वासघात भयो भने अर्को परिणाम आउन सक्छ। जिम्मेवार भएर काम गरौं।

प्रकाशित: ६ मंसिर २०७६ ०१:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App