तीन वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने बालकलाई कैद

बिहिबार, ०५ मङि्सर २०७६, २० : ५८ नागरिक

सप्तरी- तीन वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा १७ वर्षीय एक किशोरलाई बिहिबार साढे एक वर्ष कैद सजाय भएको छ। जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले अभियोग दाबी पुग्ने फैसला गर्दै आरोपित किशोरलाई साढे एक वर्ष कैद र रु दुई हजार जरिवानाको फैसला गरेको सप्तरी जिल्ला अदालतले जनाएको छ। 

गर्मी महिनामा घरको कोठा खुला राखी सुतिरहेका बेला २०७५ असोज २ गते राति घर प्रवेश गरेका आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडितका बुवाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएका थिए। बलात्कार प्रयास गर्दा पीडित रोएपछि आफूले थाहा पाएको र आरोपित फरार भएको पीडितका बुवाले बताए। 

उजुरी परे लगत्तै पक्राउ परेका किशोर सप्तरी जिल्ला अदालतको आदेशमा ०७५ असोज २२ गतेदेखि बालसुधार गृह बिराटनगरमा छन्। रासस








यसमा तपाईको मत

अन्य समाचार

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ्ग र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर...

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी...

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंकले भिसा वल्र्डवाइड प्रा.लि.सँग सम्झौता पत्रमा हस्ताक्षर गरी नेपालका सीमित बैंकहरूमध्ये भिसाको एक मुख्य सदस्य बैंक बन्न पुगेको छ।

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ...

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

अन्तर्राष्ट्रिय प्रविधि समूह एन्ड्रिजले चौथौ सेवाग्राही दिवस सम्पन्न गरेको छ । ...

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकमले पोखरा प्रिमियर लिग (पिपिएल) को सह–प्रायोजक गरेको छ । ...

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक लि. र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १३, जावलाखेलस्थित जावलाखेल युवा क्लब विच प्रभु बैंक लि. जावलाखेल...

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

अग्नि ग्रुपले हालै नेपालको दक्षिणी भूभागस्थित प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको...

Ncell Footer Ad