८ वैशाख २०८१ शनिबार
राजनीति

प्रचण्डको प्रतिबद्धताः सत्य निरुपणमा पूराना पदाधिकारी दोहोरिन दिन्न

फाइल फोटाे

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगमा पूराना पदाधिकारी दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्। अध्यक्ष दाहालले द्धन्द्ध पीडितहरुको समस्या अब छिट्टै समाधान गर्ने आश्वासन पनि दिएका छन्।

विस्तृत शान्ति सम्झाैता भएको १३ वर्ष पूरा भएको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा गठन गरिएको सो आयोगका पदाधिकारीमाथि पीडित पक्षको विश्वास र भरोसा नभएकाले पनि पूराना पदाधिकारी दोहो¥याउन नमिल्ने अडानमा आफू रहेको पनि स्पष्ट पारे। अध्यक्ष दाहालले पीडितहरुको चाहना र सरोकारवाला निकायहरुको पनि सुझावको आधारमा आफू सत्य निरुपण तथा मेलमिलाप आयोगमा नयाँ पदाधिकारी ल्याउने पक्षमा उभिएको पनि बताए।

अध्यक्ष दाहालले द्धन्द्धकालका गम्भिर अपराधका घटनामा संलग्नलाई आम माफी दिन नसकिने  अडान पनि राखे। उनले अन्तराष्ट्रिय कानुन, मानव अधिकारका दृष्टिले गम्भिर ठहयाइएका घटनामा संलग्नहरुलाई माफी दिन नमिल्ने पनि बताए। समाजमा दिगो शान्ति स्थापना गर्न र पीडितलाई न्याय दिन पनि द्धन्द्धकालका गम्भिर अपराधका घटनामा आम माफी दिन नमिल्ने अध्यक्ष दाहालको भनाई छ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौंलाले द्धन्द्धकालका पीडितलाई न्याय दिने काममा ढिलाई नगर्न सरकारलाई सचेत गराए। उनले सत्य निरुपण तथा मेलमिलाप आयोगमा क्षमता भएका नेतृत्व ल्याएर द्धन्द्धकालका पीडितलाई न्याय दिन उपयुक्त हुने सुझाव पनि सरकारलाई दिए।

काँग्रेस नेता सिटौलाले राज्यले द्धन्द्धकालका पीडितलाई न्याय दिन ढिलाई भएको स्विकार गरेर अघि बढनुपर्ने धारणा पनि राखे।

प्रकाशित: ५ मंसिर २०७६ १४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App