coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नगरपालिकाको केन्द्रमा प्रहरीचौकी स्थापना

दुर्छिममा प्रहरीचौकी उद्घाटन गर्दै मेयर इवन राई। तस्बिर : नागरिक

खोटाङ– स्थानीय तहको शान्ति सुरक्षालाई ध्यानमा राखेर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा प्रहरीचौकी स्थापना गरिएको छ।

नगरपालिकाको केन्द्रका रुपमा रहेको दुर्छिममा शान्ति सुरक्षा कायम गर्नका लागि स्थायी प्रहरीचौकी स्थापना गरिएको हो। नगरपालिकाको केन्द्र नजिकै भाडाको घरमा स्थापना गरिएको प्रहरीचौकी बिहीबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले उद्घाटन गरेका छन्।

माग भए पनि स्थानीय तह कार्यान्वयनमा आएको अढाई वर्षपछि मात्र नगरपालिकाको केन्द्रमा प्रहरीचौकी स्थापना गरिएको हो। प्रहरीचौकीमा प्रहरी सहायक निरिक्षकको नेतृत्वमा ७ प्रहरी खटाइएका छन्। गाउँपालिकाको केन्द्र दुर्छिममा प्रहरीचौकी स्थापनाका लागि ५ रोपनी जग्गा माग भइसकेको छ। जग्गा प्राप्त भएपछि भवन निर्माण गरेर प्रहरीचौकीलाई आफ्नै भवनमा सारिने मेयर राईले बताए।

प्रहरीचौकी उद्घाटनका लागि प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्यय, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो।

 

प्रकाशित: ५ मंसिर २०७६ १२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App