coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

उदयपुरमा आगलागी हुँदा एक बालकको मृत्यु, दुई घर नष्ट

file photo

उदयपुर- उदयपुरमा बिहीबार दिउँसो आगलागी हुँदा जलेर एक बालकको मृत्यु भएको छ भने दुई घर नष्ट भएका छन्। दिउँसो ४ बजेको समयमा त्रियुगा नगरपालिकाको बिकट वडा १६ नं. को चिलाउने रातापानीमा एकाघरका दुई दाजुभाइको घरमा आगलागी हुँदा ५ वर्षीय छोरा शिसिरको मृत्यु भएको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार आगलागीमा परी घरभित्रै रहेका शिसिरको जलेर मृत्यु भएको हो। उनी चन्द्रबहादुर राईको छोरा भएको स्थानीय नविन मगरले बताए। मगरका अनुसार बाबु काठमाडौंमा मजदुरी गर्न र आमा गाईबाख्रा चराउन जंगल गएकाले घरमा एक्लै रहेका बेला भएको आगलागीबाट भाग्न नसक्दा शिसिरको मृत्यु भएको हो।

आगलागी भएको घटना गाउँलेले देख्दासम्ममा घरमा दनदनी आगो बलिरहेको र भित्र मान्छे भए नभएको जानकारी नपाएकाले बालकको उद्धार गर्न नसकेको मगरले बताए। आगोले चन्द्रका दाजु बमबहादुर राईको घर पनि जलेको छ। आगोले टिनको छानो भएको घर र घरभित्र रहेका अन्नपात, भाँडाकुँडा र लुगाफाटा तथा सम्पूर्ण कागजात नष्ट भएको स्थानीयले बताएका छन्।

आगलागीको घटनाबारे गाउँलेले थाहा दिएपछि प्रहरी चौकी सुकौराबाट गएको प्रहरी र गाउँले मिलेर साँझसम्मा आगो नियन्त्रणमा लिएको बताइएको छ। यकिन क्षति कति भयो भन्ने विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

आगो लाग्नुको कारण नखुले पनि घरमा जडान गरिएको सोलार सेटबाट विद्युत सर्ट भएर लागेको हुनसक्ने अनुमान स्थानीयले गरेका छन्।

प्रकाशित: ५ मंसिर २०७६ १२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App