उर्जा सम्मेलन सुरुः विभिन्न देशबाट ७ सय बढीको सहभागि

बिहिबार, ०५ मङि्सर २०७६, १६ : ५१ नागरिक

काठमाडौं- नेपालमा उर्जा क्षेत्रमा लगानी बढाउनका लागि राजधानी काठमाडौंमा उर्जा सम्मेलन सुरु भएको छ। स्वतन्त्र उर्जा उत्पादक संघ (इपान)ले ‘पावरिङ द एशियन सेञ्चुरी’ भन्ने नारासहित आयोजना गरेको सम्मेलनलाई सम्बोधन गर्दै उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले आर्थिक विकासका लागि उर्जाको विकास अनिवार्य भएको बताएका छन्।

त्यसका लागि लगानी सुरक्षण गर्न सरकार प्रतिवद्ध रहको उनले बताए। अहिले ५ हजार मेगावाट विद्युत उत्पादन गर्ने परियोजनाहरुको निर्माणको काम भइरहेको बताउँदै देशभित्र कुल १ हजार ३ सय २० मेगावाट मात्र विद्युतको माग रहेको जानकारी दिए।

त्यसैले सरकारको लक्ष्य अनुसार उत्पादन भएमा भारत र बंगलादेशको बजार महत्वपूर्ण हुने भनाई उनको थियो। मन्त्री पुनले उत्पादित विद्युत नेपालमा मात्रै खपत हुन नसक्ने भएकाले क्षेत्रीय विकासका लागि उर्जाको प्रयोग बढाउनुपर्नेमा जोड दिए।

इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले उर्जा क्षेत्रमा लगानी बढाउन र बजारको खोजी गर्न सम्मेलन प्रभावकारी हुने बताए।सम्मेलनमा क्षेत्रीय विद्युत् व्यापार, विद्युत् बजार, नियमन, वित्तीय व्यवस्थापन, ऊर्जाको दिगो विकास, संघियतामा ऊर्जा परियोजनाहरु सञ्चालन र सहजीकरण, ऊर्जामा लगानी तथा आयोजना प्रदर्शनी जस्ता विषयमाथि छलफल हुनेछ। 

सम्मेलनमा नेपाल, भारत, बंगलादेश, भुटान, चीन, जापान, नेदरल्याण्ड, अमेरिका, क्यानडा, नर्वेलगायतका देशहरुबाट ७ सय भन्दा बढीको सहभागिता रहेको छ। सम्मेलन शुक्रबारसम्म चल्नेछ। 








यसमा तपाईको मत

अन्य समाचार

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

रारामा टेलिकमको फोरजी सेवा

रारामा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...

वर्ल्डलिंकको अफर

वर्ल्डलिंकको अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...

Ncell Footer Ad