८ वैशाख २०८१ शनिबार
राजनीति

ट्याक्सी चढेरै घर गए पूर्वमन्त्री विष्ट

काठमाडौं- प्रधामन्त्री केपी शर्मा ओलीद्धारा पदबाट बर्खास्त गरिएका मन्त्री गोकर्ण विष्ट ट्याक्सी चढेरै घरतर्फ गएका छन्।

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट बिहीबार नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवलाई बधाई तथा शुभकामना दिन सिंहदरबार गएका थिए। निवर्तमान मन्त्री विष्ट त्यहाँबाट निस्कीएर ट्याक्सी चढी आफ्नो घर सामाखुशीतर्फ फर्किएका हुन्।

सिंहदरबारको दक्षिण ढोकाबाट बाहिरिएपछि उनले ट्याक्सी रोकी चढेका थिए। उनले ट्याक्सी चढ्दै भने, 'म मन्त्री रहिन, त्यसैले मन्त्रालयको गाडी चढ्ने कुरा पनि भएन र ट्याक्सी चढेकाे हुँ।' 

उनका प्रेस सल्लाहकार मदन खनालका अनुसार मन्त्रालयबाट पैदल आएका विष्टले मन्त्री हुँदा लिएको गाडी बिहीबार विहानै फिर्ता गरिसकेका थिए।

उनले मन्त्रालय सम्हाल्ने अवसर दिइएकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन्।

प्रकाशित: ५ मंसिर २०७६ १०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App