सिमकोट- जिल्ला सुरक्षा व्यवस्थापन समितिले उपनिर्वाचनको मौन समयमा बाहिरका नागरिकलाई गाउँपालिकामा प्रवेश गर्न निषेध लगाउने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको बैठकले जिल्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनमा गाउँपालिकाका मतादाताबाहेक अन्य पालिकाका नागरिकलाई प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ।
जिल्लाका सात गाउँपालिकामध्ये खार्पुनाथ गाउँपालिका अति संवेदनशील पालिका भएकाले चुनावलाई शान्त र मर्यादित बनाउनका लागि जिल्ला सुरक्षा व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो। उपनिर्वाचनको मौन समय मङ्सिर ११ गते राति ७ बजेदेखि सुरु हुन्छ। सो समयमा खार्पुनाथ गाउँपालिकामा अन्य पालिकाका नागरिक र राजनीतिक दलका नेता तथा कार्यकर्तालाई प्रवेशमा निषेध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिइन्।
उपनिर्वाचनमा खार्पुनाथ गाउँपालिकामा अन्य नागरिकले प्रवेश गर्दा धाँधली हुने सम्भावना बढी देखिएकाले सुरक्षा निकायले पालिकामा प्रवेश गर्न निषेध गरिएको उनले जानकारी दिइन्। निर्वाचन कार्य सम्पन्न नहुँदासम्म गाउँपालिकाभित्र पूर्णरुपमा कुनै प्रकारका मदिराजन्य उत्पादन तथा बिक्री वितरण गर्न समेत रोक लगाएको छ।
पालिकाभित्रका व्यक्तिले कानूनीरुपमा अनुमति प्राप्त गरी आफ्ना नाममा राखेका हात हतियारलाई निर्वाचन अवधिभरि जिल्ला प्रशासन कार्यालयमा बुझाउने, निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिताको पूर्णरुपमा कर्मचारी, राजनीतिक दलले कार्यान्वयन गर्ने, निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएमा कानूनी कारवाही गरिने, चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्ने, निर्वाचनको मौन अवधिभर मतदाता र निर्वाचन आयोगबाट जारी भएको पास भएका व्यक्तिबाहेक अन्यको आवागमनलाई कडाइका साथ निगरानी गरिनेलगायतका निर्णय गरिएको जिल्ला सुरक्षा व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिइन्।
उपनिर्वाचनको मौन अवधिमा खार्पुनाथ गाउँपालिकामा आवतजावतलाई कडाइ गर्ने निर्णयसंगै अन्य गाउँपालिकाका नागरिकलाई समस्या हुने भएको छ। तल्लो क्षेत्रमा रहेका चार वटा गाउँपालिकाको आवतजावत गर्ने मुख्य बाटो सोही गाउँपालिका भएर जाने भएकाले उनीहरुलाई समस्या पर्ने भएको हो।
सदरमुकाम सिमकोट पुग्न दक्षिण क्षेत्रका चार वटा गाउँपालिकासहित मुगु, जुम्ला बाजुरा जाने मुख्य बाटो नै खार्पुनाथ गाउँपालिका भएर जाने भएकाले यो निर्णयले जिल्लाका अन्य नागरिकलाई सदरमुकाम आवतजावत गर्न कठिनाइ हुने भएकाले यसतर्फ स्थानीय प्रशासन गम्भीर हुनुपर्ने माग स्थानीयवासीको छ।
मतदान केन्द्रको ३ सय मिटर दूरीको नजिकमा अन्य नागरिकले प्रवेश गर्न नपाउने निर्वाचन आचारसंहितमा भए तापनि पालिकामा नै प्रवेश गर्ने निर्णय गर्दा नागरिकलाई समस्या हुने देखिएको छ। रासस
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...
कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...
स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...
यसमा तपाईको मत