७ वैशाख २०८१ शुक्रबार
राजनीति

नवनियुक्त मन्त्रीले लिए सपथ

काठमाडौं- नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन्। शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई सपथ गराइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले वुधबार मन्त्रिपरिषदको पुनर्गठन गरेका थिए। रामेश्वर राय यादवले श्रममन्त्री, पार्वत गुरुङले महिला बालबालिका तथा समाजकल्याण, लेखराज भट्ट उद्योग, हृदयश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकास, बसन्त कुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायातले सपथ लिएका हुन्।

यस्तै मोतिलाल दुगडले उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावतले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र रामवीर मानन्धरले सहरी विकास राज्यमन्त्रीको सपथ लिएका हुन्। राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ गराएका हुन्।

 

 

प्रकाशित: ५ मंसिर २०७६ ०६:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App