८ वैशाख २०८१ शनिबार
समाज

दुई थान स्वचालित पेस्तोलसहित युवक पक्राउ

लहान - सिरहाको कल्याणपुर नगरपालिका २ चतरीबाट स्वचालित पेस्तोलसहित एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ३ इटारीका २१ वर्षीय अहमद मिया रहेको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

शंकास्पद रूपमा हिंडिरहेका मियालाइ चेकजाँच गर्दा मेड इन युएसए लेखिएको सेवेन एमएमको पेस्तोल एक थान र उनले प्रहरीलाई देखेर धान खेतमा फालेको युएसए नाइन एमएमको स्वचालित पेस्तोल एक थानसहित उनलाई पक्राउ गरिएको एसपी चतुर्वेदीले बताए।

दुई थान स्वचालित पेस्तोल र दुई थान म्यागजिनसहित पक्राउ परेका मियालाइ आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कर्यालयमा राखिएको छ।

प्रकाशित: ५ मंसिर २०७६ ०६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App