६ वैशाख २०८१ बिहीबार
अन्य

१५ करोड फ्रिज हुने सम्भावना

खगेन्द्र अधिकारी  

ताप्लेजुङ–    अधिकतर सरकारी कार्यालयको वार्षिक प्रगति प्रतिवेदन नियाल्यो भने योजना सम्पन्न नहुुनुुको मुुख्य कारणका रूपमा ‘बजेटको अभाव’लाई विश्लेषण गरिएको हुुन्छ । तर, पहाडी जिल्ला ताप्लेजुुङले यो आर्थिक वर्ष पनि १५ करोडभन्दा बढी बजेट खर्च गर्न नसकेर सरकारको केन्द्रीय खातामा फिर्ता गर्ने स्थिति देखिएको छ ।

कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार चालू र पुँजीगत दुुवैतर्फ गरी १५ करोडभन्दा बढी फिर्ता जाने स्थिति देखिएको हो । कोलेनिकाका लेखापाल कृष्णप्रसाद चापागाईंका अनुसार चालूतर्फ १ अर्ब ८२ करोड ४० लाख १५ हजार ९ सय १७ रुपैयाँमध्ये असार १३ सम्ममा खुद बजेटभन्दा २० करोड कम मात्र खर्च भएको छ । उनले चालूतर्फ असारको यो अवधिमा ३ करोड ५४ लाख ९९ हजार ५८ रुपैयाँमात्र खर्च भएको जानकारी दिए । सामान्यतया असार तेस्रो सातासम्म मात्र कोलेनिकाले कार्यालयको चेक स्वीकृत गर्छ । यद्यपि, चालू आवको चेक स्वीकार गर्ने अवधिसम्ममा तलब–भत्ता र सेवा–सुविधाको खर्च काटिने चालूतर्फ २० करोडभन्दा बढी रकम खर्च हुने कमै सम्भावना रहेको उनले जानकारी दिए ।

चालूतर्फ ६ देखि ७ करोड रकम खर्च हुुन नसकेर फिर्ता हुुने सम्भावना देखिएको उनले जानकारी दिए । चालूतर्फ असार दोस्रो सातासम्ममा १ अर्ब ६२ करोड ५५ लाख ८३ हजार १ सय ४० रुपैयाँ खर्च भएको कोलेनिकाले जनाएको छ ।

पुँजीगत खर्च खुद बजेट ५१ करोड १४ लाख ३४ हजार ७ सय ६९ रुपैयाँ रहेकामा ३९ करोड ५७ लाख ५४ हजार ६ सय ६८ रुपैयाँ खर्च भएको छ । कोलेनिकाले पँुजीगततर्फ पनि चालू आवको बाँकी अवधिमा १२ करोड रकम खर्च हुन नसक्ने अनुमान लगाएको छ । लेखापाल चापागार्इंका अनुसार पुँजीगततर्फ ८ करोडभन्दा बढी रकम फिर्ता हुुने सम्भावना छ । सबैभन्दा बढी रकम उत्तर–दक्षिण लोकमार्ग आयोजना र जिल्ला विकास समितिले फिर्ता गर्ने स्थिति छ ।

चालूतर्फ ३६ करोड १२ लाख ९८ हजार ८ सय ६१ रुपैयाँ बजेट भएको जिविसले असार दोस्रो सातासम्ममा ३५ करोड ९१ लाख ४१ हजार ६१ रुपैयाँ मात्र खर्च गरेको छ । उसले असारको दुुई सातामा ८ लाख मात्रै खर्च गरेको कोलेनिकाले जनाएको छ । यस्तै, पुँजीगततर्फ १८ करोड ९३ लाख ९७ हजार रुपैयाँ खुद बजेट भएको जिविसले हालसम्म १६ करोड ७९ लाख ४१ हजार रुपैयाँ मात्र खर्च गरेको छ । समग्रमा जिविसले अढाईदेखि तीन करोड हाराहारी रकम फिर्ता गराउने संकेत देखिएको छ । अघिल्लो आवमा जिविस एक्लैले झन्डै ६ करोड हाराहारी रकम फिर्ता पठाएको थियो ।

उत्तर–दक्षिण लोकमार्ग आयोजनाले करिब ३ करोड हाराहारी रकम खर्च गर्न नसकेर फिर्ता पठाउने सम्भावना छ । उसको कुल पँुुजीगत खर्च १२ करोड ३७ लाख ५ हजार थियो । यो आयोजनाले असार दोस्रो सातासम्ममा एक रुपैयाँ पनि खर्चका लागि निकासा माग नगरेको कोलेनिकाले जनाएको छ । चालूतर्फ ४४ लाख ८८ हजार रुपैयाँ बजेट भएको आयोजनाले ३६ लाख १० हजार ४७ रुपैयाँ खर्च गरेको छ ।

 

प्रकाशित: १७ असार २०७३ ०३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App