coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘हिरोइनले भिलेनलाई पिटेको पत्याउँदैनन्’

काठमाडौं - अभिनेत्री वर्षा राउत र उनका पति संजोग कोइरालासँग मिलेर युट्युबमा क्रियाशील भएकी छिन्। विभिन्न म्युजिक भिडियो हुँदै नेपाली फिल्ममा देखिएकी उनी पछिल्लो समय ‘सन्सा’ नामक युटयुब च्यानलमा सक्रिय देखिएकी छिन्। ‘नाई नभन्नू ल ४’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी उनी यसअघि ‘छक्का पञ्जा’, ‘जात्रा’, ‘छक्का पञ्जा २’, ‘गोपी’, ‘छक्का पञ्जा ३’ र ‘जात्रैजात्रा’ लगायत फिल्ममा देखिइसकेकी थिइन्। फिल्म र सामाजिक सञ्जाल युट्युबमा सक्रियतामाथि अभिनेत्री वर्षासँग नागरिक दैनिकले गरेको कुराकानी:

फिल्ममा अभिनय गर्नुको साटो युट्युबमा भिडियो बनाउन सक्रिय हुनुभएको छ। फिल्मबाट ब्रेक लिनुभएको हो ?

नयाँ फिल्मको स्क्रिप्टहरु पढीरहेको छु। निर्माता र निर्देशकहरुसँग फिल्मको स्क्रिप्टलाई लिएर छलफल भइरहेका छन्। तर, परिवार र म स्वयलाई हेर्न लाज लाग्ने फिल्ममा काम नगर्ने निर्णय गरेकी हुँदा पति संजोग कोइरालासँग सहकार्य गरेर युट्युबको निम्ति विभिन्न भिडियोहरु बनाइरहेका छौं।

 कस्ता खालको फिल्मको लागि अवसर आउने गरेका छन् ?
मैले काम गर्ने अधिकांश फिल्महरु पुरुष प्रधान भएकाले गृहिणी र प्रेमिकाको भूमिकामा काम गरियो। म्युजिक भिडियोबाट करियर सुरु गरेको मैले फिल्ममा काम गर्न निर्माता र निर्देशकको घरसम्म पुगेर काम माग्नुपर्ने स्थिति कहिल्यै आएन्। सकेसम्म स्क्रिप्ट मागेर पढ्छु। स्क्रिप्ट पढ्दापढ्दै निदाइएन भने त्यो फिल्ममा काम गर्ने मनसाय बनाइसकेको हुन्छु। स्क्रिप्ट मन नपरेर पनि कहिलेकाँही अभिनय गर्नुपर्ने बाध्यतापनि भए।

हलिउड र बलिउडमा निर्माण हुने फिल्महरुमा नायिकालाई फितलो रुपमा लिइन्छ। नेपाली फिल्ममा नायिकाहरु जहिल्यै दोस्रो तहमा गणना हुने गरेका छन्। फिल्म हेर्ने दर्शकहरु पुरुष प्रधान फिल्म खोज्ने हुँदा नायिकाहरुको भूमिका फितलो देखाइन्छ। महिला केन्द्रित फिल्म नेपालमा चल्दैन भन्ने मान्यता स्थापित छ।

 सुरुवाती दिनमा सहजै म्युजिक भिडियो र फिल्ममा काम पाइयो ?

सहजै रुपमा काम पाउने स्थिति थिएन्। तर, मेरो सर्कलबाट आएका अफरमा जानी नजानी काम गरियो। त्योबेला जानी नजानी झुर कामपनि गरिएछ भन्ने महसुस हुन्छ। काम गर्दै जाँदा सिक्ने अवसर मिल्ने रहेछ। आइ एम इन्जोइङ इट।

सफल र राम्रा भनिएका नेपाली फिल्ममा काम गरिसक्नु भएको छ। यो केवल संयोगमात्र हो ?

फिल्म छनोट गरिरहँदा भाग्य र मेरो सर्कलको साथ पाएँ। राम्रै फिल्मका स्क्रिप्टलाई सरी भन्नु परेको अनुभव छ। स्क्रिप्ट पढ्दापढ्दै म निदाएको फिल्ममा चाँहि काम गर्न सक्दिन। मेरो अभिनय गरेको फिल्म भनेर लाज लाग्नेमा काम गर्नुपनि हुन्न भन्ने मान्यता राख्छु। छोटो भूमिका किन नहोस मैले अभिनय गरेको फिल्म भनेर सानसहित भन्न पाइयोस्।

पछिल्लो समय आएका सफल र राम्रा भनिएका नेपाली फिल्ममा नायिकालाई फितलो रुपमा देखाइनुको कारण के होला ?

हलिउड र बलिउडमा निर्माण हुने फिल्महरुमा नायिकालाई फितलो रुपमा लिइन्छ। नेपाली फिल्ममा नायिकाहरु जहिल्यै दोस्रो तहमा गणना हुने गरेका छन्। फिल्म हेर्ने दर्शकहरु पुरुष प्रधान फिल्म खोज्ने हुँदा नायिकाहरुको भूमिका फितलो देखाइन्छ। महिला केन्द्रित फिल्म नेपालमा चल्दैन भन्ने मान्यता स्थापित छ। त्यसैले नयाँ अभिनेताको तुलनामा अभिनेत्रीहरु फिल्मको भूमिका र आर्थिक रुपमा कमजोर हुने गरेका छन्।

ड्रिम रोल ?

अहिलेसम्म पुरुष प्रधान फिल्महरुमा अभिनय गरियो। महिला केन्द्रित फिल्ममा सशक्त भूमिकामा काम गर्ने रहर छ। महिला केन्द्रित फिल्म नेपालमा चल्दैन भन्ने मान्यता स्थापित छ। जुन शतप्रतिशत गलत हो। भएकाले कम्तीमा महिला र षुरुषलाई सम्मान रुपमा प्रस्तुत गरिएको फिल्ममा काम गर्ने इच्छा पलाएको छ।

नेपालमा महिला केन्द्रित फिल्म किन नचलेका होलान् ?

नेपाली समाज पुरुष प्रधान भएकाले त्यसको प्रभाव फिल्ममा देखिएको हो। पुरुषले जेसुकै गर्नसक्छ भन्ने सोच नेपाली समाजमा स्थापित छ। त्यसैले फिल्म हेर्न हलसम्म पुग्ने नेपाली दर्शक हिरोले भिलेनलाई पिटेको हेरेर मज्जा लिन रुचाउँछन्। तर, उनीहरु हिरोइनले भिलेनलाई पिटेको विरलै रुपमा पत्याउँछन्। त्यहीभर उनीहरु हलसम्म आउन रुचाउँदैनन्।

विवाहपछि फिल्म करियरलाई निरन्तरता नदिन दबाव आए ?

अहिले जिम्मेवारी थपिएको छ। समानताको कुरा गरिरहँदा नेपाली समाजमा हुर्किएका हामीलाई सानैदेखि परिवार र पतिको सेवा गर्नुपर्छ भनेर सिकाइन्छ। यसलाई मैले गलत अर्थमा परिभाषा गर्न खोजेको होइन। म सुटिङमा जानुअघि घरमा खाना बनाएर निस्कन्छु। विवाहपछि फिल्ममा काम नगर्नु भनेर परिवारमा कसैले भनेका छैनन्।

संसारभर ‘मिटु’ अभियानले बहस सिर्जना गरिरहँदा नेपाली फिल्म क्षेत्रले यसलाई किन वेवास्ता गरेका होलान् ? नेपाली फिल्म क्षेत्रमा यौन दुव्र्यवहार र हिंसाका घटना भएका छैनन् ?

नेपाली मनोरञ्जन क्षेत्रमा सक्रिय महिलाहरु दुव्र्यवहारको शिकार भएनन् भन्ने सकिन्न। मैले सुरुवाती दिनमा म्युजिक भिडियोमा काम गरिरहँदा पीडित भएको महसुस गरेको थिएँ। म्युजिक भिडियो र फिल्ममा काम नपाउने डरले अधिकांश पीडित बोल्न डराएका हुन सक्छन्। आँट गरेर बोलेलाई यो क्षेत्रले बहिष्कार गर्ने सम्भावनाका कारण पीडित पीडा दबाएर मौन बसिरहेका छन्।

नेपाली फिल्म क्षेत्रमा अभिनेत्रीको फिल्मी आयु छोटो हुन्छ भनिनुको कारण के होला ? फिल्म निर्देशन गर्ने सम्भावना कतिको छ ?

यो केवल सोच होला। उनीहरुले परिवार र समाजको बारेपनि सोच्नु पर्ने हुँदा करियरलाई निरन्तरता दिन नसक्दा विस्तारै विस्थापित भएका होलान्। अभिनय गर्ने अफर नआएको हुनसक्छ। तत्काल फिल्म निर्देशन गर्ने कुनै सोच बनाएकी छैन्। बरु, अभिनय सुधार्न लागि परेको छु।

प्रकाशित: ५ मंसिर २०७६ ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App