coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्सामा भ्रमण वर्षकाको तयारी

नेपाल भ्रमण वर्षको तयारीबारे पर्सा राष्ट्रिय निकुञ्ज र साझेदारबीच आयोजित अन्तरक्रियामा सहभागी। तस्बिर : रितेश/नागरिक

वीरगन्ज – नेपाल भ्रमण वर्ष २०२० मा पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढाउन जिल्लास्थित सरोकारवालाले छलफल चलाएका छन्। निकुञ्ज कार्यालय र यस भेगका सरोकारवालाले भ्रमण वर्षमा पर्यटक आगमन बढाउने तयारी स्वरुप आफ्नो भूमिका प्रभावकारी बनाउने सरोकारवालाले जनाएका छन्।

निकुञ्जमा आयोजित साझेदारहरुको एउटा बैठकमा सहभागी सरोकारवालाले यहाँभित्रका जनावरहरुको बासस्थान र दिनाचार्यामा खलल नपुग्नेगरी पर्यटन प्रवद्र्धनमा जोड दिए। यसबारे रणनीति बनाउन तथा त्यसलाई कार्यान्ययन गर्नका लागि आपसी समन्वय बढाउनसमेत सहभागीले जोड दिए। निकुञ्जका प्रवेश बिन्दुहरुको व्यवस्थापन, निकुञ्जभित्र भ्रमण गर्ने रुट निर्धारण, निुकञ्जबारे जानकार तथा तालिम प्राप्त गाइडको व्यवस्था तथा प्रयोग, भ्रमणका लागि सवारी अनुमति र आपसी समन्वय आवश्यक रहेको उनीहरुले बताए।

निकुञ्ज प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले दुई वर्षअघि आरक्षबाट निकुञ्जमा परिणत भइसकेपछि पर्यटक आकर्षित गर्ने योजना अघि बढेको बताए। पर्यटक आकर्षित गर्न आवश्यक नियमन, कार्यक्रम सञ्चालन र पूर्वाधार निर्माण तथा व्यवस्थापन भइरहेको उनले बताए। निकुञ्ज क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन होटल तथा पर्यटन व्यवसायीसँग सहकार्य गर्न निकुञ्ज प्रशासन तयार रहेको पनि उनले बताए। पर्सा राष्ट्रिय निकुञ्ज जान पाँच ठाउँमा प्रवेश बिन्दु तोकिएको छ। उनका अनुसार आधाभारस्थित निकुञ्जको कार्यालय, अमलेखगञ्जस्थित निकुञ्जकै हात्तीसार, पर्साको सोनवर्षा नजिकको चारभैया पोस्ट, सुवर्णपुरसँग जोडिएको गढुवालाइन पोस्ट र मकवानपुरको प्रतापपुरबाट निकुञ्ज प्रवेश गर्न सकिन्छ।

होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले निकुञ्जमा आउनका लागि भारतिय पर्यटकलाई आकर्षित गर्न सक्नुपर्नेमा जोड दिए। भारतसँग सीमा जोडिएको र देशको प्रमुखद्वार वीरगन्ज नै भएकाले निकुञ्जको पर्यटन प्रवद्र्धनसँगै यसबाट लाभ लिन सक्नुपर्ने उनको तर्क थियो। ‘हामीकहाँ भारतबाट आउने आगन्तुकका लागि अहिले प्रयोगमा रहेको पर्यटकीय स्थल कम छन्, निकुञ्जमा ती पर्यटकलाई आकर्षित गराउन सकिन्छ,’ उनले भने, ‘वीरगन्जमै सूचना केन्द्र राखेर निकुञ्जबारे प्रचार प्रसार गर्न सकिन्छ र विभिन्न प्याकेज निर्धारित गरेर पर्यटकलाई घुमाउन सकिन्छ।’

निकुञ्जका सहायक संरक्षण अधिकृत अशोककुमार रामले निकुञ्ज पर्यावरणीय विविधताका दृष्टिकोणले उत्कृष्ट थलो रहेको बताए। वन्यजन्तुको उपलब्धताका दृष्टिकोणले महŒवपूर्ण रहेको यस निकुञ्जमा वन्यजन्तुको संख्या बढेर सघन भएको बताए। पर्यटन पत्रकार संघ पर्साका अध्यक्षशंकर आचार्यले मध्य तराईको पर्यटनको मियो यो निकुञ्ज बन्न सक्ने प्रचूर सम्भावना रहेको दाबी गरे।

चलचित्र निर्माता एवं चर्चित कलाकार नन्दु श्रीवास्तव, निकुञ्जसँग परिचित सामाजिक अभियन्ता प्रकाश थारु लगायतले दीर्घकालसम्म कार्यान्यवन गरेर यस क्षेत्रको पर्यटकीय विकास गर्न सकिने किसिमले अगाडि बढ्न सुझाव दिए।

कान्छो निकुञ्ज नयाँ गन्तव्य
पर्सा, बारा र मकवानपुर जिल्लाको सीमामा रहेको पर्सा राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा कान्छो निकुञ्ज मात्र होइन महत्वपूर्ण नयाँ पर्यटकीय गन्तव्य समेत हो। ०७४ जेठमा घोषणा गरिएको यो निकुञ्ज मुलुकको १२औं तथा कान्छो बन्न पुग्यो। नयाँ निकुञ्ज भएकाले स्वभाविक रुपमा यो नयाँ र अछुतो पर्यटकीय गन्तव्यका रुपमा रहेको छ।

६ सय २७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको पर्सा निकुञ्जमा हात्तीबाहेक विश्वमैं दुर्लभ पाटे बाघ, एकसिंगे गैंडा, गौरी गाई, घोडगधहा, निलगाई, चितल, हरिण, मृग र बँदेलजस्ता जनावर रहेका छन्। यहाँ जंगली हात्तीको संख्या ५५ देखि ६० रहेको निकुञ्ज कार्यालयले जनाएको छ। त्यस्तै करिब २० वटा बाघ रहेको सर्वेक्षणले देखाएको छ। आरक्षभित्रको रमौली प्रतापपुर, रामभौंरी भाटालगायत क्षेत्रमा बाघ, एकसिंगे गैंडा, गौरीगाईलगायत वन्यजन्तु अवलोकन गर्न सकिने सहायक संरक्षण अधिकृत रामले बताए।

यहाँ बिभिन्न प्रजातिका चराचुरुङ्गीहरु पाइने गरेकोमा त्यसमध्ये कतिपय दुर्लभ प्रजातिका समेत रहेका छन्। आरक्षभित्र बाटोको रुपमा समेत प्रयाग गरिने फायर लाइन, भ्यु टावर र जलाधार जस्ता पुर्वाधार अहिले बिकास गरिएको छ। यसमा अझ कम भइरहेको जनाइएको छ।
राम भौंरीस्थित दुग्धेश्वर महादेव मन्दीर, घोडामसान मन्दीर, कमनी दह, हलखोरिया ताल, ५ सयदेखि ९ सय ५० मिटरसम्म अग्लाचुरे डाँडा यहाँका थप आकर्षण हुन। राजमार्ग र सहरी कोलाहलबाट मुक्त एउटा मनोमर र शान्त पर्यटकीय गन्तब्यको रुपमा रहको यो निकुञ्जलाई भ्रमण बर्ष २०२० को अवसर छोप्दै उपयोगमा ल्याउने अहिले तयारी भइरहेको हो। सिमावर्ती ब्यपारिक नगरी वीरगन्जमा रहेका होटेल र सिमरामा रहेका होटेलहरुले आतिथ्यदिएर पर्यटकलाई यहाँल्याउने तयारी गरेका छन्। सुवर्णपुरमा रहेका होमस्टेले पनिगाँस, बास र हाति सफारीको प्याकेज दिने गरेका छन्।

प्रकाशित: ५ मंसिर २०७६ ०३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App