ह्वाइट हाउसकै कर्णेलले दिए ट्रम्पविरुद्ध बयान

बिहिबार, ०५ मङि्सर २०७६, ०८ : १४ नागरिक

वासिङ्टन (बिबिसी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीमाथि छानबिन गर्न फोनमार्फत युक्रेनलाई गरेको आग्रह अनुचित भएको ह्वाइट हाउसका सल्लाहकार लेफ्टिनेन्ट कर्णेल एलेक्सजेन्डर भिन्डमनले बताएका छन्।

ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी संसद्को तल्लो सदनले सुरु गरेको जाँचबुझ सुनुवाइमा उनले यस्तो बयान दिएका हुन्। गत जुलाई महिनामा युक्रेनी समकक्षीसँगको फोनवार्तामा ट्रम्पले अनुचित राजनीति आग्रह गरेको उनको भनाइ थियो। भिन्डमन ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) का युक्रेनसम्बन्धी एक उच्च विज्ञ हुन्।

उनले संसद्को गुप्तचरीसम्बन्धी समितिसमक्ष ट्रम्पले युक्रेनी समकक्षीलाई गरेको आग्रहबारे भने, ‘राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध अनुसन्धानको माग गर्नु राष्ट्रपतिका निम्ति असुहाउँदो र अनुपयुक्त विषय थियो।’

ट्रम्पले राष्ट्रपति शक्तिको दुरुपयोग गरेको वा नगरेको भन्नेबारे संसद्को जाँचबुझ समितिले अनुसन्धान गरिरहेको छ।

संसद्ले आसन्न राष्ट्रपतीय निर्वाचनमा ट्रम्पका सम्भावित डेमोक्र्याटिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध भ्रष्टाचारसम्बन्धी छानबिन गर्न उनले युक्रेनका नयाँ नेता भोलोदिमिर जेलेन्स्कीलाई दबाब दिने उद्देश्यले किभलाई दिने अमेरिकी सैन्य सहायता रोकेका थिए कि थिएनन् भन्ने विषय पनि स्थापित गर्न खोजिरहेको छ।

यसैबीच, आफ्ना प्रतिद्वन्द्वीमाथि अनुसन्धान गर्न फोनमार्फत युक्रेनलाई गरेको आग्रह अनुचित भएको बयान दिएका लेफ्टिनेन्ट कर्णेल एलेक्सजेन्डर भिन्डमनविरुद्ध ह्वाइट हाउस खनिएको छ।

अमेरिकी करदाताको योगदान रहने ह्वाइट हाउसको आधिकारिक ट्विटर ह्यान्डल संसदीय सुनुवाइभरी भिन्डमनविरुद्ध आक्रमण गर्न प्रयोग भएको थियो र सुनुवाइकै बेला त्यसलाई चुनौती दिइएका ह्यासट्यागहरु रिट्विट गरिएका थिए।

लेफ्टिनेन्ट कर्णेल भिन्डमन जुलाई २५ मा दुई नेताबीच भएको कुराकानी सुनेका अमेरिकी अधिकारीमध्येका हुन्। युक्रेनमा जन्मिएका उनी इराक युद्धमा पु-याएको योगदानलाई लिएर सम्मान पाएका अधिकारी हुन्। उनका बुवाले ४० वर्षअघि सोभियत संघ छाडेर अमेरिका बस्ने निर्णय गरेका थिए।

राष्ट्रपति ट्रम्पले सुनुवाइमा बयान दिइरहेकी युक्रेनका लागि अमेरिकी पूर्वराजदूत मरिअ योभानोभिचमाथि पनि आफ्नो व्यक्तिगत ट्विटर ह्यान्डलबाट आक्रमण गरेका थिए।
जाँचबुझ के हो ?

हाल अमेरिकी राष्ट्रपति ट्रम्पले संसद्को एउटा यस्तो प्रक्रियाको सामना गरिरहेका छन् जसले उनलाई राष्ट्रपति पदबाट हटाउन पनि सक्छ। संसदीय जाँचबुझले सन् २०२० मा हुने चुनावमा पुनः निर्वाचित हुने सम्भावना बढाउन ट्रम्पले अनुचित सहयोगको माग गरेका हुन कि होइनन भन्ने विषय स्थापित गर्ने प्रयास गरिरहेको छ।

यद्यपि प्रक्रिया अहिले पनि सुरुवाती चरणमै छ। डेमोक्र्याटको पकड रहेको संसद्को तल्लो सदनमा गत साता पहिलो सार्वजनिक सुनुवाइ सुरु भएको थियो। रिपब्लिकन राष्ट्रपति ट्रम्पले गलत काम गरेको कुरा अस्वीकार गर्दै आएका छन्।






यसमा तपाईको मत

अन्य समाचार

गेमिंग ल्यापटप खरिद गाइड

गेमिंग ल्यापटप खरिद गाइड

२०२० मा कस्तो गेमिंग ल्यापटप किन्ने ? ...

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

सि.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एल.जी को ८औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ । ...

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकले रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा शाखा विस्तार गरेको छ । ...

अनलाइन जब फेयर आयोजना हुने

अनलाइन जब फेयर आयोजना हुने

आस्कमी म्यानेजमेन्टले यही माघ १५ र १६ गते दुईदिने ‘भर्चुअल जब फेयर’ सञ्चालन गर्ने भएको छ । ...

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

गत माघ १० गतेबाट सुरु भएको तीनदिने ११औं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । ...

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाजको डोमिनार ४०० हन्ड्रेड बाइक। ...

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

Ncell Footer Ad