७ वैशाख २०८१ शुक्रबार
राजनीति

नारा लगाउँदा पक्राउ परेकालाई छोड्न आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालको भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुराको विषयलाई लिएर नारा लगाउँदा पक्राउ परेका विद्यार्थी छोड्न बुधबार आदेश गरेको छ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले शान्तिपूर्ण विरोधमा उत्रेका विद्यार्थी पक्राउ गर्नु गैरकानुनी भएको भन्दै थुनामुक्त गर्न आदेश गरेको हो। संविधानले दिएको हक अधिकार प्रयोग गर्दाको विषयमा नै प्रहरीले पक्राउ गरेको अदालतले ठहर गरेको छ।

‘कुनै अशान्ति मच्चाउने, शान्ति र अमनचयन खलल पार्ने र तत्काल पक्राउ गरी बन्दी बनाउनुपर्नेसम्मको फौजदारी कसुर गरेको मान्न नसकिने’ सर्वोच्चले आदेशमा भनेको छ। गैरकानुनी बन्दी बनाइएका टीकाप्रसाद कँडेल, विर्खबहादुर बिक, टोपबहादुर श्रेष्ठ, धनबहादुर तामाङ, विजयबहादुर घिसिङलाई अदालतका मुख्य रजिष्ट्रारको रोहबरमा बुधवारै थुनामुक्त गर्न आदेश गरेको हो। पक्राउ परेकाको तर्फबाट गैरकानुनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सर्वोच्चमा दर्ता भएको थियो। सर्वोच्चले रिट जारी गर्दै तत्काल छोड्न आदेश गरेको हो।

प्रकाशित: ५ मंसिर २०७६ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App