७ वैशाख २०८१ शुक्रबार
राजनीति

निर्वाचन सामग्री जिल्ला पठाउन सुरु

काठमाडौं – निर्वाचन आयोगले मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सकेको छ। आयोगले उपनिर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइको काम सकेर ढुवानीको काम सुरु गरेको हो।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले निर्वाचनका लागि मतपत्र छपाइको काम सकेर बुधवारदेखि मतपत्र निर्वाचन हुने ठाउँमा पठाउने तयारी भैरहेको बताए। ‘उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सम्पन्न भैसकेको छ,’ आयुक्त दाहालले नागरिकसँग भने, ‘मतपत्रलगायत निर्वाचन सामग्री सम्बन्धित निर्वाचन क्षेत्रमा आज (बुधवार)देखि ढुवानी सुरु भैसकेको छ, अव शनिबारसम्म सबै निर्वाचन सामग्री मुख्य÷निर्वाचन अधिकृतको कार्यालयमा पुगिसक्छ।’

उपनिर्वाचनका लागि आयोगले मतदाताको संख्या भन्दा १० प्रतिशत थप मतपत्र छपाइ गरेको छ। कुनै कारणले मतपत्रमा क्षति हुन पुगेको अवस्थामा विकल्पका रूपमा १० प्रतिशत बढी मतपत्र छापिएको आयोगले जनाएको छ। आयोगले निर्वाचनमा भाग लिने राजनीतिक दललाई २०७४ सालमा सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ प्राप्त गरेको आधारमा निर्वाचन चिह्न राखेको छ। अघिल्लो चुनावमा भाग नलिएकाको र स्वतन्त्र उम्मेदवारको हका भने वर्णानुक्रमअनुसार निर्वाचन चिह्न राखिने आयोगले जनाएको छ।

२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनपछि विभिन्न कारणले रिक्त हुन गएका ५२ पदमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। जसअनुसार प्रतिनिधिसभातर्फ कास्की २, प्रदेशसभातर्फ बाग्लुङ २, भक्तपुर १ र दाङ ३ (२) मा उपनिर्वाचन हुँदैछ भने स्थानीय तहतर्फ उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र वडाध्यक्ष ४३ पदमा उपनिर्वाचन हुँदैछ।

आयोगका अनुसार उपनिर्वाचनतर्फ प्रतिनिधिसभामा २१, प्रदेसभातर्फ ४३ र स्थानीय तहतर्फ २ सय ७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। २ सय ४७ मतदान केन्द्र र ५ सय ३७ मतदान स्थल रहने चुनावमा ४ लाख ५४ हजार १ सय १४ मतदाता रहेका छन्।

प्रकाशित: ५ मंसिर २०७६ ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App