coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

टोटेनह्याममा माउरिन्हो

लन्डन – जोजे माउरिन्हो टोटेनह्यामको प्रशिक्षकमा नियुक्त भएका छन्। त्यहाँ उनीसामु इङ्लिस प्रिमियर लिगमा आफ्नो पुनरागमन पुष्टि गर्नुको विकल्प छैन। माउरिन्हो युरोपमा सफल प्रशिक्षकका रूपमा प्रख्यात छन् तर गत सिजन म्यानचेस्टर युनाइटेडमा रहँदा टोली खराब प्रदर्शनबाट गुज्रिँदै पद छोड्न बाध्य भएसँगै उनको प्रतिष्ठामा  कमी आएको थियो।

२००४ मा चेल्सीको प्रशिक्षण सम्हाल्दा नयाँ अनुहार भए पनि माउरिन्होले इङ्लिस फुटबललाई नयाँ आयाम प्रदान गरेका थिए। चेल्सीमा उनले आफूलाई ‘एक विशेष प्रशिक्षक’ का रूपमा स्थापित गरेका थिए। तर गत साता ओल्ड ट्राफोर्ड छोड्दा भने उनको छवि केही धमिलिएको थियो।

अब माउरिन्होसामु पुनः आफूलाई एक पटक प्रमाणित गर्ने अवसर आएको छ। उनका सामु चुनौतीको चाङ छ। उनले यस्तो क्लबको प्रशिक्षण सम्हाल्दै छन्, जसले २००८ पछि कुनेै पनि प्रमुख प्रतियोगिताको उपाधि भिœयाउन सकेको छैन। नयाँ रंगशाला र गत सिजन च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेका युवा खेलाडीको वर्चस्व माउरिन्होलाई  प्रमाणित गर्ने सारथि बन्न सक्छन्।

‘म टोटेनह्यामको प्रशिक्षक बन्न पाउँदा निकै उत्साही छु। जसको इतिहास र समर्थकको एक रूपको साथले मलाई थप ऊर्जा दिनेछ,’ माउरिसियो पोचेटिन्हो बर्खास्तगीमा परेको एक घण्टा नबित्दै उनको स्थानमा नियुत्त भएका ५६ वर्षे माउरिन्होले भने, ‘टोलीमा भएका अनुभवी खेलाडी र क्लबको एकेडेमीबाट उत्पादन भएका प्रतिभावान् खेलाडीले मेरो उत्साह बढाएको छ। म त्यसैले यो क्लबप्रति आकर्षित बनाएको हो।’

२००२ मा पोर्टोलाई च्याम्पियन्स लिगको उपाधि जिताएका माउरिन्होको पुनरागमनले इङ्लिस प्रिमियर लिग तरंगित भएको छ। माउरिन्होले चेल्सीको प्रशिक्षण सम्हाल्दा प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र आर्सनलको दबदबा थियो। तर उनले प्रशिक्षण सम्हालेको पहिलो दुई सिजन लगातार टोलीलाई प्रिमियर लिगको उपाधि जिताए। उनले २००७ सम्म चेल्सीको प्रशिक्षण सम्हाले। उनले इन्टर मिलानलाई इटालियन सिरी ‘ए’, इटालियन कप र च्याम्पियन्स लिग गरी एकेै सिजन तेहेरो उपाधि जित्ने पहिलो इटालियन क्लब बनाएका थिए। माउरिन्होले २०१२ मा पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको बार्सिलोनाको दबदबामा पूर्णविराम लगाउदै रियाल मड्रिडलाई स्पेनिस ला लिगाको उपाधि जिताएका थिए। रियाल मड्रिडलाई लगातार तीन पटक च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पु¥याए पनि उनले प्रतियोगिताको उपाधि भने जिताउन सकेनन्।

२०१३ मा माउरिन्हो पुनः स्टाम्फोर्ड ब्रिजको प्रशिक्षण सम्हाल्न पुगे। दोस्रो सिजन प्रशिक्षण सम्हाल्दा उनले आफ्नो प्रशिक्षण करियरमा तेस्रो पटक प्रिमियर लिगको उपाधि जिते। तर त्यसपछिको सिजन खराब लयबाट गुज्रनु उनका लागि महँगो साबित बन्यो। युनाइटेडमा रहँदा पनि टोलीलाई प्रिमियर लिगको उपाधि जिताउन असफल भए पनि उनले टोलीलाई युरोपा लिग र इङ्लिस लिग कपको उपाधि जिताए। तर सिजनको अन्त्यमा मिडफिल्डर पाउल पोग्बासँगको खराब सम्बन्ध र क्लब व्यवस्थापनले खेलाडी किनबेचमा असहयोग गरेको भन्दै क्लबको आलोचना गरेपछि उनले पद छोड्नुप-यो।

टोटनेह्यामका अध्यक्ष ड्यानियल लेभीले माउरिन्होलाई फुटबल जगतकै एक सफल प्रशिक्षकका रूपमा वर्णन गरे। नयाँ रंगशाला र गत सिजन च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेका युवा खेलाडीको वर्चस्व माउरिन्होलाई  प्रमाणित गर्ने सारथि बन्न सक्छन्।

प्रकाशित: ५ मंसिर २०७६ ०१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App