७ वैशाख २०८१ शुक्रबार
खेल

राम्सेको गोलमा वेल्स छनोट

पेरिस – आरोन राम्सेको गोल प्रेरणाबाट वेल्सले हंगेरीमाथि सहज जित निकाल्दै आगामी वर्ष हुने युरो कप २०२० मा स्थान बनाएको छ। युभेन्ट्सका मिडफिल्डर राम्सेले कार्डिफ सिटी स्टेडियममा भएको खेलको दुवै हाफमा गोल गर्दा वेल्सले हंगेरीमाथि २–० को जित निकालेको थियो। छनोटको समूह ‘ई’ मा दोस्रो स्थानमा रहेर पनि वेल्सले बहु राष्ट्र आयोजक रहेको युरो कपमा स्थान बनाएको हो। वेल्सले तेस्रो स्थानको स्लोभाकियासँग एक अंकको मात्र अग्रता बनाएको छ।

मंगलबार मात्र स्लोभाकियाले अजरबैजानमाथि २–० को जित निकाल्दै युरो कप छनोट सम्भावना कायमै राखेको थियो। यद्यपि, वेल्सले हंगेरीमाथि जितसँगै स्लोभाकियाको सम्भावना समाप्त भयो। वेल्सको छनोट यात्रामा राम्सेको उत्कृष्ट प्रदर्शन रह्यो।

‘मैले छनोटका क्रममा केही खेल गुमाएको थिएँ,’ राम्सेले भने,‘तर आज दुई गोलसहित अर्थपूर्ण प्रदर्शन गर्न सकें। त्यसैले एकदम खुसी छु। फ्रान्सको युरो कपजस्तै यस पटक पनि प्रभावकारी सहभागिता देखाउने लक्ष्य छ।’ २८ वर्षे राम्सेले गत शनिबार अजरबैजानविरुद्धको खेलमा पनि अन्तिम ३० मिनेट मात्र खेलेका थिए।

बुधबार घरेलु मैदानमा भने राम्सेले सुरुआतदेखि नै अवसर पाउँदा त्यसको सदुपयोग पनि गरे। उनले खेलको १५औं मिनेटमा गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए। ग्यारेथ बेलको उत्कृष्ट क्रसमा राम्सेले गोल गरेका थिए। त्यो गोलसँगै पहिलो हाफमा वेल्सले १–० को अग्रता लिएको थियो।

दोस्रो हाफको दुई मिनेटपछि नै राम्सेले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। किफर मुरेको पासमा राम्सेले गोल गरेका थिए। वेल्सको जितमा गोलकिपर वायने हेनेसेको प्रदर्शन पनि उत्कृष्ट रह्यो। पहिलो हाफ सकिनुअगाडि नै वायनेले उत्कृष्ट बचाउ गरेका थिए। त्यसपछि उनले डोमोनिक सोकोज्ली र रोलान्ड सालाईको प्रहार विफल बनाएका थिए। वेल्ससँगै २० राष्ट्रले छनोट चरण पार गर्दै युरो कपमा स्थान बनाए।

बाँकी चार टोलीले प्लेअफमार्पmत आगामी युरो कपमा स्थान बनाउनेछन्। विश्व फुटबलको ठूला प्रतियोगितामध्ये एक युरो कप आगामी जुन १२ देखि रोममा सुरु हुनेछ। बेल्जियमले छनोट चरणमा कुल १० खेलमा शतप्रतिशत नतिजा निकाल्दै युरो कपमा स्थान बनाउन सफल भयो। बेल्जियमले अन्तिम खेलमा साइप्रसमाथि ६–१ को रबाफिलो जित निकालेको थियो।

बेल्जियमका लागि क्रिस्टियन बेनटेकेले दुई गोल गरेका थिए। समूह ‘आई’ बाट बेल्जियमसँगै दोस्रो स्थानको रसिया दुई अंकले पछि रहँदै युरो कपमा स्थान बनाउन सफल भयो। रसियाले बुधबार सान मारिनोलाई ५–० ले हराएको थियो। यसअघि युरो कपमा स्थान बनाइसकेको जर्मनीले नर्दन आयरल्यान्डलाई ६–१ ले र नेदरल्यान्ड्सले इस्टोनियालाई ५–० को हार चखायो।

समूह ‘आई’ बाट बेल्जियमसँगै दोस्रो स्थानको रसिया दुई अंकले पछि रहँदै युरो कपमा स्थान बनाउन सफल भयो। रसियाले बुधबार सान मारिनोलाई ५–० ले हराएको थियो।

प्रकाशित: ५ मंसिर २०७६ ०१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App