coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आइटिएफ टोली अस्ट्रिया जाने

काठमाडौं – नेपालको आइटिएफ तेक्वान्दो टोलीले अस्ट्रियामा अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर कोर्स तथा टेक्निकल कोर्स गर्ने भएका छन्। उक्त अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर कोर्स तथा टेक्निकल सेमिनारमा सहभागी हुन नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका ६ सदस्यीय नेपाली टोली बिहीबार अस्ट्रियाको भियना प्रस्थान गर्ने भएका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पीताम्बर तिम्सिनाले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे।

सो अवसरमा राखेप उपाध्यक्ष तिम्सिनाले पदाधिकारीसहितको टोलीले अन्तर्राष्ट्रिय सहभागिता गर्न लागेकाले प्रशिक्षण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका थिए।  महासंघका महासचिव अन्जु रावतको नेतृत्वमा कोषाध्यक्ष वासुदेव भट्टसहित उक्त टोली भियना प्रस्थान गर्न लागेका हुन्।

नोभेम्बर २२ देखि २४ तारिखसम्म हुने उक्त कोर्समा अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका टेक्निकल कमिटीका अध्यक्ष ग्रान्ड मास्टर ह्वाङ यो योङले प्रशिक्षण दिनेछन्। उक्त टोलीमा अन्जना शिवाकोटी, निर्मला गुरुङ, दिलमाया गुरुङ र गणेश गुरुङ रहेका छन्।

लिटिल एन्जल्सलाई उपाधि
काठमाडौं, मंसिर ४ (नागरिक)– लिटिल एन्जल्स (एलए) स्कुलले बुधबार २६औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताको ब्वाइज फुटबल उपाधि  जितेको छ। खोखनास्थित आयोजक ज्ञानोदय बाल वाटिकाद्वारा आयोजित प्रतियोगिताको फाइनलमा एलएले मल्पीलाई ३–२ गोलले पराजित ग-यो। एलएका विशालप्रसाद मगरले २ र वसन्त दुराले १ गोल गरे। मल्पीका वित्निटले २ गोल फर्काए। एलएका विसम पुन मगर उत्कृष्ट खेलाडी घोषित भए।

नेटबलमा रिलायन्स पब्लिक स्कुल र मल्पी उपाधिका लागि भिड्ने भएका छन्। रिलायन्सले रिलायन्स इन्टरनेसनल स्कुललाई ३२–२१ ले हरायो। रिलायन्सकी ओजस्वी निरौलाले २९ अंक जोडिन्। मल्पीले हिमालयलाई ४१–१० ले पाखा लगायो। मल्पीकी कृतिका सैजुले २९ स्कोर गरिन्।

ब्वाइज बास्केटबलमा पुष्पसदनले निर्मललाई ५२–५१ तथा मंगलदीपले मल्पीलाई ३९–२५ ले पन्छाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। पुष्पसदनका सुदिन शाक्यले १६ तथा मंगलदीपका जिग्मे छिरिङले १५ अंक जोडे।

ज्ञान निकेतन सेमिफाइनलमा
काठमाडौं, मंसिर ४ (नागरिक)– ज्ञान निकेतन दोस्रो हिमालय कप बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ। हिमालय इङ्लिस स्कुलद्वारा आयोजित प्रतियोगितामा ज्ञान निकेतनले एसलाई ७९–६६ ले पराजित ग-यो।  ज्ञान निकेतनका नगेन्द्र परियारले २४ अंक जोडे। सिनियर ब्वाइजमा नवज्योतिले जेनिअमलाई ४४–२८ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित ग-यो। नवज्योतिका रमेश पाण्डेले १५ अंक जोडे। जुनियर गल्र्समा रातो बंगलाले सेमिफाइनल यात्रा तय ग-यो।

रातो बंगलाले आयोजक हिमालयलाई २६–१२ ले पाखा लगायो। रातो बंगलाकी नुर प्रधानले ८ स्कोर गरिन्। जुनियर ब्वाइजमा पनि ज्ञान निकेतन सेमिफाइनलमा पुग्न सफल भयो। ज्ञान निकेतनले मोक्षदामाथि १५–१२ को जित दर्ता ग¥यो। ज्ञान निकेतनका कोसिस तामाङले १३ अंक जोडे।

प्रकाशित: ५ मंसिर २०७६ ०१:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App