८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

कारवाहीमा पाँच तालिबानी लडाकू मारिए

लसकार घा- अफगानिस्तानको हेलमान्ड प्रान्तमा तालिबानी लडाकूविरुद्ध जारी रहेको सुरक्षा कारवाहीको क्रममा पाँच तालिबानी लडाकू मारिनुको साथै अन्य दुई घाइते भएका सैनिक स्रोतले बुधबार जानकारी दिएको छ।

अफगान राष्ट्रिय सेना (एएनए) ले आइतबार हेलमान्ड प्रान्तको मार्जा जिल्लामा सो सुरक्षा कारवाही गरेको थियो। उक्त जिल्लालाई आतंकवादबाट मुक्त गर्नको लागि यो अभियान जारी राखिएको सेनाद्धारा जारी एक विज्ञप्तिमा जनाइएको छ।

उक्त विज्ञप्तिमा अफगान वायुसेनाले मार्जा जिल्लाको छुट्टाछुट्टै स्थानहरूमा उग्रवादीहरूको आखाडालाई लक्ष्यगरी गरेको हवाई कारबाहीका क्रममा पाँच तालिबानी लडाकू मारिनुको साथै अन्य दुईजना घाइते भएका थिए।

यस कारवाहीको क्रममा केही हतियार र गोलीहरू समेत ध्वस्त गरिएको बताइएको छ। एएनए बम निष्क्रिय बनाउने टोलीले मार्जामा आइतबारदेखि तालिबानहरुले योजना गरेको १७ वटा बारुदी विस्फोटक पदार्थ र विस्फोटक उपकरणहरू (आईईडी) फेला पारेर सुरक्षित विस्फोट गरेका थिए।

सेनाका जवानहरूले स्थानीय गाउँलेहरुको अनुरोधमा १.२ किलोमिटर सडक पनि पुनःनिर्माण गरेका छन्। अफिम खेतीका लागि प्रख्यात हेलमाण्ड प्रान्तमा तालिबानीको बलियो प्रभाव रहेको छ।

अफगान सुरक्षाबलले हालै तालिबानी लडाकूहरूविरुद्ध सुरक्षा अभियानलाई थप गति दिएका छन्। तालिबानी लडाकू समूहले हालसम्म यस कारवाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन्। सिन्ह्वा

प्रकाशित: ४ मंसिर २०७६ १०:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App