८ वैशाख २०८१ शनिबार
समाज

बीस हजार घुससहित मालपोतका नासु पक्राउ

काभ्रे- आख्तियार केन्द्रिय कार्यालयको टोलीले अहिले पौने १ बजे मालपोत कार्यालय काभ्रेको रजिस्ट्रेसन फाँट क मा कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ। काभ्रे मालपोतका नासु ५३ वर्षीय रोशकाजी जस्पाउलाई बीस हजार रुपैयाँ घुससहित रंगेहात अख्तियारले पक्राउ गरेको हो।

धुलिखेल ७ का वडाध्यक्ष रोमीप्रसाद ब्यान्जुको रोहबरमा मुचुल्का उठाईंदै छ। नासु जस्पाउ २०६५ सालदेखि सोही कार्यालयमा खरिदार पदमा कार्यरत थिए। २०७५ साउन १ बाट नासुमा बढुवा भए पश्चात् पनि यहाँ कार्यरत रहँदै आएका छन्।

प्रकाशित: ४ मंसिर २०७६ ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App