राजीनामा दिने श्रीलङ्काका प्रधानमन्त्रीको तयारी

बुधबार, ०४ मङि्सर २०७६, १३ : ०७ नागरिक

कोलम्बो- श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आज बुधबार राजिनामा दिने तयारी गरेका छन्।

राष्ट्रपतिका रुपमा गोटाबाया राजापाक्षे निर्वाचित भएपछि प्रधानमन्त्री विक्रमासिंघेले राजिनामा दिने तयारी गरेका हुन्। नयाँ राष्ट्रपतिलाई आफ्नो अनुकुलको सरकार गठनका लागि मार्गप्रसस्त गरिदिन उनले राजिनामा दिन लागेको श्रीलङ्काको दैनिक पत्रिका डेलि मिररले लेखेको छ।

राजिनामा दिने बारेमा विक्रमासिंघेले मङ्गलबार नै नवनिर्वाचित राष्ट्रपति राजापाक्षेसँग छलफल गरेका थिए। भेटवार्ताका क्रममा प्रधानमन्त्री विक्रमासिंघेले राष्ट्रपति राजापाक्षेलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको समाचारमा जनाइएको छ।

स्थानीय समय अनुसार बुधबार दिउसो ४ बजे बस्ने मन्त्रीपरिषद्को विषेश बैठकपछि उनले पद त्यागको घोषणा गर्ने श्रीलङ्का दैनिकले लेखेको छ। विक्रमासिंघेले राजिनामा घोषणा गरेपछि राष्ट्रपति राजापाक्षेले सानो आकारको प्रारम्भिक नयाँ मन्त्री परिषद् गठन गर्ने जनाइएको छ।

सन् २०२० को मार्च १ पछि नयाँ संसद बन्ने भएकाले त्यतिबेलासम्म नै सानो मन्त्रीपरिषद् मात्रै रहने अनुमान गरिएको छ । स्रोतका अनुसार नयाँ मन्त्रीपरिषद् १५ सदस्यीय हुनेछ। नयाँ मन्त्रीहरु सवै राजापाक्षेत्रको पार्टीबाट हुने भएका छन्।

युनाइडेट नेस्नल पार्टी (युडीपी)का तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बनेका सजिथ प्रेमादासलाई झण्डै १३ लाख मत अन्तरले पराजित गर्दै ७० वर्षीय राजापाक्षे राष्ट्रपति बनेका हुन्। पराजित भएका प्रेमादास भने ५३ बर्षका छन्।

नयाँ राष्ट्रपति चयनका लागि श्रीलङ्कामा गत शनिबार मतदान भएको थियो भने मत परिणाम आइतबार घोषणा गरिएको थियो। आइतबार निर्वाचित राष्ट्रपति राजापाक्षेले सोमबार सपथ ग्रहण गरेका थिए। राजापाक्षे परिवारबाट राष्ट्रपति बन्ने उनी दोस्रो व्यक्ति भएका छन्।

यसअघि उनको परिवारबाट उनका दाई महिन्दा राजापाक्षे राष्ट्रपति बनेका थिए। उनले सन् २००५ देखि २०१५ सम्म श्रीलङ्कामा राष्ट्रपतिको रुपमा देशको नेतृत्व गरेका थिए। एएनआई

 








यसमा तपाईको मत

अन्य समाचार

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ्ग र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर...

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी...

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंकले भिसा वल्र्डवाइड प्रा.लि.सँग सम्झौता पत्रमा हस्ताक्षर गरी नेपालका सीमित बैंकहरूमध्ये भिसाको एक मुख्य सदस्य बैंक बन्न पुगेको छ।

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ...

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

अन्तर्राष्ट्रिय प्रविधि समूह एन्ड्रिजले चौथौ सेवाग्राही दिवस सम्पन्न गरेको छ । ...

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकमले पोखरा प्रिमियर लिग (पिपिएल) को सह–प्रायोजक गरेको छ । ...

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक लि. र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १३, जावलाखेलस्थित जावलाखेल युवा क्लब विच प्रभु बैंक लि. जावलाखेल...

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

अग्नि ग्रुपले हालै नेपालको दक्षिणी भूभागस्थित प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको...

Ncell Footer Ad