ब्रोइलरको मासुमा विष !

बुधबार, ०४ मङि्सर २०७६, १० : ३६ नारायण घिमिरे

नेपाली बजारमामा कुखुराको मासु निकै लोकप्रिय बनेको देखिन्छ। होटेल तथा रेस्टुरेन्टहरूमा कुखुराको मासु छ भनी सोध्दा छ भन्ने उत्तर आयो भने ब्रोइलर कुखुराको मासु रहेछ भन्ने बुझ्दा हुन्छ। हाम्रा रैथाने कुखुराकै मासु खाने भए त ‘लोकल’ कुखुरा छ भनी सोध्नुपर्ने चलन चलेको बाजेको पालादेखि हो कि जस्तो लाग्छ।

एक जमानामा परम्परागत रूपमा खाइने रातो मासुमा भन्दा ब्रोइलर कुखुराको मासुमा उच्च प्रोटिन र कम बोसो हुने भएकाले यस्तो कुखुराको मासु स्वस्थ मासुको विकल्प भएको प्रचार भेटेरेनरी विज्ञहरूबाट निकै धेरै गरियो। मात्र १० वर्षभित्र मुलुक ब्रोइलर कुखुरामय बन्यो।

मात्र २० वर्षमा जब मुलुकको स्थानीय बजार ब्रोइलर कुखुराको मासुबिना लगभग चल्नै नसक्ने गरी थला प¥यो। अनि ब्रोइलर कुखुराको मासुको गुणस्तर र लोकल कुखुराको मासुको गुणस्तरबारे यदाकदा प्रश्न गरिन थाले। हाम्रा सरकारी निकाय, उत्पादनका दृष्टिले देखिएका केही फाइदाबारे समाजमा समाचार सम्प्रेषण गर्न त निकै हौसिए, तर यसको मासुको गुणस्तरबारे चासो र चिन्ता गर्ने हुटहुटी सरकारी सरोकारवालामा कहिल्यै जागेन।

सम्पूर्ण नेपालीको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने हैसियत बनाएको ब्रोइलर कुखुराको मासुलाई तत्काल उपभोक्ताको स्वास्थ्य सुधार्ने स्तरको बनाउन नसकिए तापनि कम्तीमा स्वास्थ्य बिगार्ने वस्तुका रूपमा बजारमा भित्रिन नदिने व्यवस्था मिलाउन अति आवश्यक छ।

उद्यमीहरूले कुखुरापालनलाई उद्यमका रूपमा रोज्नाका विविध कारणमध्ये एउटा हो– ब्रोइलर कुखुराको मासु छिटै ठूलो मात्रामा बजारमा लान सकिने। सन् १९९६ तिर २.९ किलोग्रामको ब्रोइलर निकाल्न ५१ दिनजति लाग्थ्यो। जुन सन् २०१५ मा ४१ दिनमा सम्भव बन्यो। लगभग २० वर्षमा कुखुरापालन उद्यमले आफ्नो उत्पादन बजार पु¥याउने समय १० दिन छोटो बनाउन सक्षम बन्यो। दाना र ब्रोइलरको अनुपात २.७४ बाट १.७४ मा झर्न पुग्यो। फलतः ब्रोइलरको मासु उत्पादनमा २० प्रतिशतले वृद्धि सम्भव बनायो।

उत्पादन नाफामुखी हुँदै जाँदा बजारमा उपलब्ध मासुको गुणस्तर भने ओरालो लाग्न थाल्यो। छिटो धेरै मासु उत्पादन गर्ने चक्करमा निकै साँघुुरा खोरमा धेरै कुखुरा हाल्ने गरियो, जसका कारण कुखुराले पखेटा फटफटाउनेबाहेक यताउता हिँडडुल गर्न नपाउने स्थिति सिर्जना भयो। निष्क्रिय जीवनशैलीले ब्रोइलर कुखुराको छातीका भागका मांसपेशीमा रगत आपूर्तिमा आंशिक रोकावट निम्त्याइदियो। फलतः सम्पूर्ण शरीरकै मांसपेशीमा अक्सिजन कमी हुने अवस्था आयो। उपयुक्त मात्रामा अक्सिजन नपाएको मांसपेशीमा आंशिक वा पूर्ण रूपमा मरेका तन्तुहरूको धेरै जमघट हुन पुग्यो। र, ब्रोइलरका मासु फुलेको जस्तो  झोलिलो, फोक्से, फ्यास्स जाने नरममा परिणत भयो।

ब्रोइलर कुखुरामा हुने यो फोक्से मासुलाई विज्ञानले डिप पेक्टोरल मायोपैथी(डिपिएम) वा मांसपेशी सड्ने रोगको संज्ञा दिने गर्छ। डिपिएमबाट अत्यधिक ग्रस्त ब्रोइलरको मासुमा गुलाबी, खैरो–हरियो रङ देखिने गर्छ। अप्राकृतिक दानापानी र हल्लाखल्लायुक्त वातावरणमा हुर्केका कुखुराको मासुमा धेरै सेता धर्का भेटिन्छन्। छाती काठजस्तो देखिन्छ।

खानका लागि प्रशोधन गर्ने वा पकाउने क्रममा ब्रोइलरको मासुबाट धेरै पानी निस्किन्छ। फलतः सामान्य तापक्रममै  यसमा हुने इन्जाइमले मासुमा थोरै मात्रामा पाइने ग्लुकोजलाई पाइरुभिक एसिडमा परिवर्तन गरिदिन्छ। जसले मासुलाई अम्लीय बनाउँछ। खाने प्रयोजनका लागि पकाउने क्रममा मासु पूर्ण रूपमा पाक्दै गर्दा पाचन प्रक्रियाका लागि प्रत्युत्पादक हुने हदसम्म प्रोटिनको आन्तरिक संरचना बिग्रिन सक्छ।

फोक्से मासु प्रयोगशालामा परीक्षण गर्दा प्रोटिन र अन्य पोषण तत्वयुक्त आदि भएको देखिने गर्छ। नेपालमा पाइने लोकल कुखुरा र ब्रोइलर कुखुराको मासुले दिने पानी र शक्तिमा ‘फुड’ परीक्षण ल्याबमा परीक्षण गरी हेर्दा त्यस्तो उल्लेख गर्नलायक भिन्नता केही देखिएन। तर पनि लोकल कुखुराको मासुमा ब्रोइलरको मासुमा भन्दा अधिक प्रोटिन, क्रुड, फाइबर र क्याल्सियम अनि कम बोसो भेटिएको थियो। उक्त परीक्षणको नतिजाले लोकल कुखुरा ब्रोइलरभन्दा उत्कृष्ट रहेकोतर्फ नै इंगित गथ्र्याे।

मानिसको पाचन प्रक्रियापश्चात् शरीरलाई आवश्यक शक्ति उत्पादनका लागि भने ब्रोइलरको मासु खासै गुणस्तरयुक्त हुँदैन। किनकि ब्रोइलरको मासु पाचनपश्चात् निकै कम शक्ति दिन सक्ने अवस्थाको रहन्छ। प्रशोधन र पाचनमा आफ्नो स्वरूपबाट विमुख बनेको ब्रोइलर कुखुराको मासुमा हुने प्रोटिनको आन्तरिक संरचना शरीरमा हानिकारक हुने रेडिकल आयोन पैदा गर्न सहयोगी भूमिका खेल्ने प्रकृतिको बनिदिन्छ। रेडिकल आयोन शरीरमा धेरै प्रकारका मनोवैज्ञानिक र क्यान्सरजस्ता घातक रोग निम्त्याउने कारक मानिन्छ।

नेपालको हालको चलनचल्तीको अभ्यास नियाल्दा धेरै ब्रोइलर कुखुरा कम र साँघुरो स्थानमा पालिएको देखिन्छ। तीमध्ये कुनै न कुनैमा रोगको संक्रमण हुने र अर्कोमा समेत सर्ने गरेको पाइन्छ। अत्यन्त क्षीण रोग प्रतिरोधात्मक क्षमता भएकाले ब्रोइलर कुखुरालाई पटकपटक  एन्टिबायोटिक र अन्य औषधि भिटामिनका साथ दिनु सामान्य बनेको छ। कुखुरालाई छिटै हुर्काउने प्रयोजनका लागि औषधि, इन्जाइम, भिटामिन, सेनिटाइजर र रसायनसमेत बिनारोकतोक प्रयोग हुने गर्छन्।

पछिल्लो समय कुखुरा हलक्क बढाउन र लागेको वा लाग्न सक्ने रोगबाट बचाउन दानामै मिसाएर नियमित एन्टिबायोटिक दिने प्रचलन व्यापक बनेको छ। जब तपाईं यस्ता केमिकल राखी हुर्काइएका कुखुराको मासु खानुहुन्छ, तब तपाईंको शरीरमा एन्टिबायोटिकप्रतिरोधी ब्याक्टेरिया प्रवेश गर्न सक्छ। उच्च तापक्रममा पकाउँदासमेत कतिपय ब्याक्टेरिया मासुभित्र बन्द भएर शरीरभित्र जिउँदै पुग्न सक्छन्। र, तपाईंलाई बिरामी बनाउन सक्छन्।

तातो मासुभित्र रहेको कतिपय ब्याक्टेरिया मर्दाका अवस्थामा पनि एन्टिबायोटिकका अवशेष शरीरभित्र पुगेकै हुन्छ। एन्टिबायोटिकप्रतिरोधी ब्याक्टेरियाका कारण भएका बिरामी, परम्परागत रूपमा प्रयोग हुँदै आएको निर्धारित एन्टिबायोटिकबाट निको हुन सम्भव नहुन सक्छ।

हाम्रा कतिपय कुखुरापालकले अचेल टेट्रासाइक्लिन र फ्लोरोकिउलोनिनजस्ता एन्टिबायोटिक, जुन मानिसमा हैजा, मलेरिया, श्वासप्रश्वास रोग तथा मूत्रमार्गमा संक्रमण भएका बेला प्रयोगमा आउँछन्, तिनलाई खोर सरसफाइमा सेनिटाइजरका रूपमा प्रयोग भएको समेत भेटिनु चिन्ताजनक छ। टेट्रासाइक्लिन र फ्लोरोकिउलोनिनजस्ता एन्टिबायोटिक कुखुराको खोर सरसफाइमा प्रयोग गर्दा त्यहाँ एन्टिबायोटिकप्रतिरोधी ब्याक्टेरियाको विकासमा मद्दत पुग्छ।

एक अनुसन्धानले कुखुरा उत्पादनका क्रममा हुने गरेका यस्ता बदमासीले स्वस्थ क्षेत्रमा श्वासप्रश्वाससम्बन्धी रोग, झाडापखाला, मूत्रनलीमा संक्रमणजस्ता समस्यामा प्रयोगमा आउने ब्रोड–इस्पेकट्रम एन्टिबायोटिकहरू जस्तै ः एम्पिसिलिन, सिप्रिएक्सोन, सिफुरोक्सिन, क्लोरमफेनिकल, सिप्रोफ्याक्सिन, कोट्रिमोजाजोल, जेन्टामिसिन, इपिनिम, नैलिडिक्सिक एसिड, निट्रोफुरानटोइन र टेट्रासाइक्लिन आदि प्रभावकारी नहुने अवस्था निम्त्याउँदै गरेको देखाएको छ।  हामीलाई रोग लाग्दा यी एन्टिबायोटिक प्रभावहीन हुनु भनेको हामीले हाम्रो उपचारका लागि ती औषधि गुमाउनु हो। जसबाट मानवका लागि अकल्पनीय ठूलो क्षति हुनेछ।

अहिले नेपालमा उत्पादित र बजारमा पुगेका ब्रोइलर कुखुराको मासुले मानवका लागि खानयोग्य छ भनी राज्यले अनिवार्य सिफारिस नगरी बजारमा लानै दिन नहुने हो कि भन्ने अवस्था सिर्जना गरिदिएको छ। राज्यले तुरुन्तै बजारमा यत्रतत्र पाइने ब्रोइलरको मासु घातक विषादी, स्टोरोइड आदि मुक्त छ÷छैन भन्ने यकिन गर्नसमेत जरुरी भएको छ।

आशा गरौं, सम्पूर्ण नेपालीको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने हैसियत बनाएको ब्रोइलर कुखुराको मासुलाई तत्काल उपभोक्ताको स्वास्थ्य सुधार्ने स्तरको बनाउन नसकिए तापनि कम्तीमा स्वास्थ्य बिगार्ने वस्तुका रूपमा बजारमा भित्रिन नदिने व्यवस्था मिलाउन निकट भविष्यमा सरकार सफल हुनेछ। लेखक घिमिरे क्यानेडियन खाद्य तथा औषधि विज्ञ हुन्।








यसमा तपाईको मत

अन्य समाचार

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

रारामा टेलिकमको फोरजी सेवा

रारामा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...

वर्ल्डलिंकको अफर

वर्ल्डलिंकको अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...

Ncell Footer Ad