८ वैशाख २०८१ शनिबार
समाज

जङ्गली हात्तीले घर भत्कायाे, १ लाखको क्षति

उर्लाबारी– मोरङको लेटाङ–भोगटेनी नगरपालिका–७ कमलपुरमा गएराति जङ्गली हात्तीले एउटा घरमा क्षति पुर्याएको छ ।

जङ्गलबाट निस्केका दुई वटा हात्तीले स्थानीय शेरमान लिम्बूको टिन र काठले बनेको घर भत्काई घरभित्र राखिएको अन्नपात नष्ट गरेको हो।

घर भत्किदा लिम्बूको अन्दाजी रु एक लाख मूल्य बराबरको क्षति भएको छ । हात्तीलाई प्रहरी र स्थानीयवासी मिलेर राति नै जङ्गलतिर लखेटेका छन्। रासस

प्रकाशित: २३ मंसिर २०७३ १०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App