coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

‘सेल्फी किङ’ लाई पोस्टर कपिको आरोप

काठमाडौं – अभिनेता विपिन कार्की अभिनित ‘सेल्फी किङ’ फिल्मको पोस्टर सामाजिक सञ्जालमा विवादित बनेको छ। सोमबार सो फिल्मको पोस्टर सार्वजनिक भएलगत्तै हलिउड फिल्म ‘जोकर’ को पोस्टरझैं देखिएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी आएका थिए।

हास्य कलाकारको भूमिकामा देखिँदै गरेका अभिनेता कार्की सो फिल्ममा ‘जोकर’ को गेटअपमा देखिएका छन्। डार्क ड्रामामा आधारित फिल्ममा अभिनेता कार्कीको गेटअपसहितको पोस्टर हलिउड फिल्मबाट प्रभावित भएको टिप्पणी सामाजिक सञ्जालमा आइरहेको छ।

फिल्मका निर्माण गरेका दिनेश राउतले फेसबुकमा यस फिल्मको पोस्टरलाई लिएर कपि गरेको आरोप खेपिरहेका छन्। फिल्म युनिटका अनुसार सो फिल्म हलिउडको ‘जोकर’ बाट प्रभावित नभएको दाबी गरिरहेका छन्।

सो पोस्टरमा अभिनेताको लुक्सलाई डार्क शैलीमा देखाइएको छ। यता हलिउड फिल्म ‘जोकर’ को पोस्टर रंगीन शैलीमा प्रस्तुत गरिएको थियो। आगामी माघ २४ मा रिलिज हुने सो फिल्ममा अभिनेता कार्कीसहित लक्ष्मी बर्देवा, भुवन चन्द्र, अभय बराल र जीवन भट्टराईलगायतले अभिनय गरेका छन्। फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका छन्।

प्रकाशित: ४ मंसिर २०७६ ०४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App