७ वैशाख २०८१ शुक्रबार
कला

नेपाल र चीनका कलाकारले सहकार्य गर्दै

काठमाडौं – नेपाल र चीनका कलाकारहरुले एक अर्काको संस्कृतिलाई आदान प्रदान गर्न कला प्रदर्शनी गर्ने भएका छन्। शान्ति र विकासको लागि चीन फाउन्डेसन नामक संस्थाले नेपाल र चीनको कलाकारहरु कलालाई प्रवर्दन गर्न कला प्रदर्शनीको आयोजना गर्दैछ।

गत साता सो कला प्रदर्शनीको तयारीका निम्ति चिनियाँ कलाकार लि छ्वागं नेपाल आएर नेपाली कलाबारे जानकारी लिएका थिए। ‘संस्कृति र कलाको माध्यमबाट नेपाल र चीनको आपसी समझदारी बलियो बनाउन सकिन्छ। त्यही भावसहित संयुक्त रुपमा कला प्रदर्शनीको तयारीमा जुटेका छौं,’ चिनियाँ कलाकार लि छ्वागंले भने, ‘चीनले नेपालसहित १६० देशका कलाकारसँग कलासम्बन्धी काम गरिरहेको छ। चीनको नागरिक मामिला मन्त्रालयले कलासम्बन्धी यस किसिमको गतिविधिलाई प्राथमिकता दिइरहेको छ।’
यसअघि फ्रान्स, रुस, कोलम्बिया, भारत, जापान र रोमानियालगायत देशमा चिनियाँ कलाकारहरुले संयुक्त रुपमा काम गरिसकेका थिए। ‘यस कार्यक्रमले अनौठो सिर्जना, उच्च संस्कृति मूल्य र मान्यतासहिथ कुटनीतिक सम्बन्धलाई प्रगाढ गर्ने कलालाई प्रोत्साहन गरिरहेको छ,’ उनले भने। नेपालको तर्फबाट रविन्द्र श्रेष्ठले चिनियाँ कलाकारसँग सहकार्य गरिरहेका छन्। गत सेप्टेम्बरमा चीनमा आयोजित अन्तर्राष्ट्रिय कला महोत्सव उनको कला प्रदर्शन भएको थियो।

कला प्रदर्शनीका लागि चिनियाँ लि छ्वागं र नेपालका श्रेष्ठले सहकार्य गरेर तीन वटा कला तयार गर्नेछन्। संयुक्त रुपमा तयार भएको कला प्रदर्शनीपछि नेपालस्थित चिनियाँ दूतावास, चीनस्थित नेपाल दूतावास र आयोजकले प्रयोग गर्नेछन्। त्यसबाहेक उनीहरुको कला चीनमा हुलाक टिकट बनाउनमा प्रयोग गरिनेछ। सेरामिकमार्फत् कला बनाउन माहिर चिनियाँ कलाकार छ्वागंले सेरामिकमा पोलेर काम गर्नेछन्। त्यस्तै, नेपालका श्रेष्ठले नेपाली कन्टेम्प्रोरी आर्टलाई प्राथमिकता दिनेछन्। ‘हामीले बनाउन लागेको कलामा दुई देशको सांस्कृतिक सम्बन्धलाई प्राथमिता दिनेछौं,’ नेपालका श्रेष्ठले भने, ‘चिनियाँ कलाकारले चीनको हिमाल, पहाड र भौगोलिकलाई समेट्नेछन्। मैले नेपाली जीवनशैलीलाई प्राथमिकता दिएको मठमन्दिर र देवीदेउतालाई समेट्ने छु।’ सो कला प्रदर्शनी आगामी डिसेम्बरमा चीनको छेन्दुमा आयोजना हुनेछ।

प्रकाशित: ४ मंसिर २०७६ ०४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App