८ वैशाख २०८१ शनिबार
खेल

जगत मन्दिरको जित

काठमाडौं – जगत मन्दिरले चौथो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार जित हात पारेको छ।

सानो गौचरनमा भइरहेको प्रतियोगितामा जगत मन्दिरले बेबिलोनलाई ६–० गोलले पराजित ग¥यो। विजेताका मिङमा दोर्जे शेर्पा र राहुल वाइबाले समान २–२ तथा वसन्त थापामगर र अनिल गुरुङले समान १–१ गोल गरे।

पिस प्वाइन्टद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमै नोबेल र एजिएमले पनि सफलता पाए। नोबेलले ज्ञान निकेतनलाई ३–० गोलले हरायो। नोबेलका कृतन गिरी, प्रबलराज महत र सागर खड्काले गोल गरे। साम्भवीविरुद्धको खेलमा एजिएम ३–० गोलले विजयी भयो। एजिएमका विवेक गुरुङले २ तथा राजन यादवले १ गोल गरे। एक्मीले सेवा सदनबाट वाक ओभर पायो।

प्रकाशित: ४ मंसिर २०७६ ०३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App