४ वैशाख २०८१ मंगलबार
खेल

ऐतिहासिक नतिजा ल्याउने दाबी

काठमाडौं – २० वर्षपछि नेपाली भूमिमा हुन लागेको दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणमा नेपालका खेलाडीले ऐतिहासिक नतिजा ल्याउने राष्ट्रिय टिम तयारी समितिले बताएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा मंगलबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय टिम तयारी समितिले यस पटक आठौं सागको नतिजा सुधार गर्ने विश्वास व्यक्त गरेको हो। नेपालमै सम्पन्न आठौं सागमा नेपालले कुल ३१ स्वर्ण पदक जितेको थियो। जुन नेपालका लागि साग इतिहासमा सबैभन्दा सफल सहभागिता पनि हो।

मंलबार पत्रकार सम्मेलनमार्पmत तयारीले आठौं ऐतिहासिक सहभागितामा धेरै सुधार आउने दाबी गरेको हो। साथै तयारी समितिले यसअघि राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले दाबी गरेको ५० स्वर्ण पदक जित्ने उद्घोषलाई पूरा गर्ने लक्ष्य रहेको पनि बताएको छ। १३औं सागमा ऐतिहासिक सफलता ल्याउने लक्ष्यसहित तयारीमा रहेका राष्ट्रिय टोलीका  लागि नेपालले ४५ करोड रुपैयाँ खर्चिएको थियो।

जसमा नेपालले २१ खेललाई वैदेशिक प्रशिक्षणका साथै केही खेललाई अन्तर्राष्ट्रिय एक्सपोजरको समेत अवसर दिएको थियो। समितिले फेन्सिङ, जुडो, स्क्वास, टेबलटेनिस, पौडी, तेक्वान्दो, टेनिस, भारोत्तोलन, भलिबल, कवड्डी, ह्यान्डबललगायतका खेल गरी २१ खेलका खेलाडी वैदेशिक प्रशिक्षणमा सहभागी भएको र केही वैदेशिक प्रशिक्षणमै रहेको जनाएको छ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको नतिजा पनि सुखद आएकाले आगामी सागमा नेपालले राम्रो गर्ने तयारी समितिको विश्वास छ। ‘२१ खेलका खेलाडीले वैदेशिक प्रशिक्षण गरेका छन्। साथै हामीले तीन चरणको तयारी गत चार महिनादेखि गरेका थियौं। केही खेलका खेलाडीले यसबीच विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट आशालाग्दा नतिजा पनि ल्याएका छन्,’ समितिका संयोजक रिमबहादुर रानाभाटले भने,‘त्यसकारण हामीले यस पटक आठौं सागको भन्दा राम्रो नतिजा ल्याउने लक्ष्य छ।’

नेपाली खेलाडीले कार्यविधि पास हुनुअगाडि एक हजार ४ सय रुपैयाँ भत्ता पाउँदै आएका थिए। कार्यविधि पास भएपछिको पहिलो चरणको प्रशिक्षणपश्चात् भने खेलाडीको भत्ता पनि वृद्धि भएको थियो। त्यसपछि खेलाडीलाई पहिलो चरणमा २ हजार, दोस्रो चरणमा २ हजार दुई सय र तेस्रो चरणमा २ हजार पाँच सय रुपैयाँ दैनिक भत्ता प्रदान गरिँदै आएको छ।

आगामी मंसिर १५ देखि २४ सम्म नेपालका तीन सहर काठमाडौं, पोखरा र जनकपुर (कुस्ती) मा सागका खेल प्रतिस्पर्धा हुँदै छ। पोखरामा हुने ९ खेलमध्ये नेपालको स्वर्ण पदक सम्भावना मानिएको प्याराग्लाइडिङको सहभागिता समाप्त भएको बताइएको छ। राष्ट्रिय टिम तयारी समितिका संयोजक रानाभाटले प्याराग्लाइडिङको सहभागिता  लगभग समाप्त भएको अपुष्ट जानकारी आएको बताएका थिए।

यद्यपि, सागमा खेल दर्ता गर्ने अन्तिम मिति बुधबार रहेकाले त्यसपश्चात मात्र प्याराग्लाइडिङको सहभागिताबारे निक्र्यौल हुने  संयोजक रानाभाटको भनाइ छ। १३औं सागमा नेपाललबाट ५ सय ९९ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर विशेष तयारी गरिएको थियो। नेपालबाट ३१२ पुरुष र २८७ महिला खेलाडीले सागमा सहभागिता छ।

नेपालले २०७६ जेठ १५ देखि असारसम्म विशेष प्रशिक्षण गरेको, साउन १ देखि १५ भदौसम्म प्रथम चरणको प्रशिक्षण, १६ भदौदेखि ३० असोजसम्म दोस्रो चरण र १ कात्तिकदेखि तेस्रो चरणको प्रशिक्षण सञ्चालन गरेको छ। साग आयोजनाको दुई दिन अगाडिसम्म नेपाली खेलाडीले आफ्नो तयारी गर्नेछन्।

बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई दुर्घटना न्यूनीकरण अभिमुखी तालिम, मनोवैज्ञानिक अभिप्रेरित, डोपिङ, पुनर्ताजगी, पोषण तथा खुराक, प्रशिक्षण विधि विज्ञानलगायतका विशेष प्रशिक्षणसमेत दिइएको थियो। डा. प्रकाश प्रधानले नेपाली टिमले अहिलेसम्मकै राम्रो तयारी गरेकाले १३औं सागमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे।

नेपाली खेलाडीले कार्यविधि पास हुनुअगाडि एक हजार ४ सय रुपैयाँ भत्ता पाउँदै आएका थिए। कार्यविधि पास भएपछिको पहिलो चरणको प्रशिक्षणपश्चात् भने खेलाडीको भत्ता पनि वृद्धि भएको थियो। त्यसपछि खेलाडीलाई पहिलो चरणमा २ हजार, दोस्रो चरणमा २ हजार दुई सय र तेस्रो चरणमा २ हजार पाँच सय रुपैयाँ दैनिक भत्ता प्रदान गरिँदै आएको छ।

प्रकाशित: ४ मंसिर २०७६ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App