मुशर्रफविरूद्ध लागेको ‘देशद्रोह’ मुद्दाको नोभेम्बर २८ मा फैसला हुने

मङ्गलबार, ०३ मङि्सर २०७६, २१ : ५४ नागरिक

इस्लामावाद- पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफविरूद्ध लागेको ‘देशद्रोह’ मुद्दाको सुनुवाई थप एक हप्ताका लागि लम्बिएको छ। इस्लामावादस्थित पाकिस्तानी उच्च अदालतले दिएको जानकारीमा उक्त मुद्दाको फैसला यही नोभेम्बर २८ मा हुने बताइएको छ।

उच्च अदालतका न्यायाधीश वाकर अहमद सेठको नेतृत्वमा बसेको तीन सदस्यीय वेन्चले मुशर्रफका कानूनी परामर्शदाताहरूलाई मुद्दाबारे मुशर्रफका धारणा (तर्क)हरूलाई लिखितरूपमा नोभेम्बर २६ मा पेश गर्न निर्देशन दिएको पाकिस्तानी पत्रिका ‘डन’ले उल्लेख गरेको छ।

पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) को सरकारले सन् २०१३ मा मुशर्रफविरूद्द उच्च देशद्रोहको मुद्दा दाखिल गरेको थियो।

पूर्व सैनिक प्रमुखसमेत रहेका पूर्व राष्ट्रपतिमाथि पाकिस्तानको संविधानलाई सेनाको बलमा गैरकानूनी रूपमा निलम्बन गरी सङ्कटकाल लागू गरेको आरोप लगाइएको छ।

मुशर्रफलाई सन् २०१४ को मार्च ३१ मा ‘देशद्रोह’ को अभियोग लगाई अभियोजनकर्ताहरूले सोही बर्षको सेप्टेम्बरमा सम्पूर्ण तथ्य विशेष अदालतमा पेश गरेका थिए।

तर सन् २०१६ मा उपचारका लागि मुशर्रफ दुबई गएपछि उक्त मुद्दामाथिको सुनुवाई रोकिएको थियो। एएनआई








यसमा तपाईको मत

अन्य समाचार

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

रारामा टेलिकमको फोरजी सेवा

रारामा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...

वर्ल्डलिंकको अफर

वर्ल्डलिंकको अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...

Ncell Footer Ad